सभामुखलाई प्रधानमन्त्रीको जवाफ : उपयुक्त समयमा संसद् आउँला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ७, २०८३
|
|
३२१ पटक हेरिएको
Shares
सभामुखलाई प्रधानमन्त्रीको जवाफ : उपयुक्त समयमा संसद् आउँला

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसद्हरूको जवाफ दिने बताएका छन् ।
  • सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा गराएको जानकारी अनुसार प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् ।
  • प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री बालेनको उपस्थिति खोजिरहेका छन् ।

 

७ जेठ, काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसद्हरूको जवाफ दिने बताएका छन् । सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा गराएको जानकारी अनुसार प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री बालेनको उपस्थिति खोजिरहेका छन् । प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले संसद् अवरोध नै गर्न थालेपछि बिहीबार सभामुख अर्याल प्रधानमन्त्री बालेन भेट्न पुगेका थिए । सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री बालेनले ‘उपयुक्त समयमा संसद् आउँला र सांसदहरूको जवाफ दिउँला’ भनेको सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरूलाई बताएका हुन् । प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभामा विपक्षी दलहरूले नारावाजी गर्न थालेका छन् । सभामुख अर्यालले विपक्षी दलका सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाका कामकारबाही अगाडि बढाए ।

विपक्षीको नाराबाजीकै बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ पारित भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । यस विधेयकउपर प्राप्त संशोधनहरूलाई सभामुखले निर्णायार्थ प्रस्तुत गरे । त्यसपछि नाराबाजीकै बीच सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित गरेको हो । विपक्षी नाराबाजीमै थिए । नाराबाजीकैबीच प्रतिनिधिसभाबाट ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली (पहिलो संशोधन) विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १२ गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्लाको हिमामा भालुको आक्रमण ,दुई जना घाइते
जुम्लाको हिमामा भालुको आक्रमण ,दुई जना घाइते
दुबईमा जीसीडी कप फेब्रुअरी २८ देखि हुने
दुबईमा जीसीडी कप फेब्रुअरी २८ देखि हुने
मकवानपुरमा भीरबाट लडेर वृद्धको मृत्यु
मकवानपुरमा भीरबाट लडेर वृद्धको मृत्यु
जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा
जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा
झापा र मोरङबाट लागुऔषधसहित ७ जना पक्राउ
झापा र मोरङबाट लागुऔषधसहित ७ जना पक्राउ
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश
गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश
सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता
सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता
वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री कार्की
वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री कार्की
धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान
धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान