Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
५५ पटक हेरिएको
Shares
आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा

सारांश

  • काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन ।
  • पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ ।
  • रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १८५ छ ।

 

२८ फागुन, काठमाडौं ।

काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १८५ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये  छैटौं स्थानमा रहेको छ । पहिलो स्थानमा उज्वेकिस्थान, दोस्रो स्थानमा भियतनाम, तेस्रो स्थानमा पाकिस्तानको लाहोर, चौथो स्थानमा भारतको दिल्ली र पाँचौ स्थानमा पनि भारतकै कोलकाता रहेका छन् । यसअघि अग्रस्थानमा रहेको बंगलादेशको ढाँका भने १० औं स्थानमा झरेको छ । प्रदूषण बढेपछि सरोकारवालाले सचेत रहन सबैलाई आग्रह गरेको छ । बाहिर निस्किंदा मास्क लगाएर मात्रै निस्किन आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम
धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?
धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?
ललितपुर महानगरपलिकाले आज १०७ औँ स्थापना दिवस मनाउँदै
ललितपुर महानगरपलिकाले आज १०७ औँ स्थापना दिवस मनाउँदै
सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया
सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया
ओखलढुंगामा गाडी दुर्घटना भएपछि भागेका चालक भक्तपुरबाट समातिए
ओखलढुंगामा गाडी दुर्घटना भएपछि भागेका चालक भक्तपुरबाट समातिए
१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी
१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी
देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ: प्रधानमन्त्री
देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ: प्रधानमन्त्री
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
वीरगञ्ज नाका हुँदै ५ महिनामा ४० अर्बको सामान विदेश निर्यात
वीरगञ्ज नाका हुँदै ५ महिनामा ४० अर्बको सामान विदेश निर्यात