Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
८१ पटक हेरिएको
Shares
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ५ दिनको म्याद थप गर्न अदालतले अनुमति दिएको छ ।
  • जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
  • त्यसैगरी आपराधिक उपद्रवको कसुरमा अनुसन्धान भएकाहरुलाई भने थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

 

२५ वैशाख, काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ५ दिनको म्याद थप गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको हो । त्यसैगरी आपराधिक उपद्रवको कसुरमा अनुसन्धान भएकाहरुलाई भने थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

उनलाई बिहीबार (आजै) म्याद थपका लागि अदालत लगिएको थियो । गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो । आज पुनः उनीमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ । उक्त मुद्दा चलाइएको भन्दै मिश्रले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?