ओखलढुंगामा गाडी दुर्घटना भएपछि भागेका चालक भक्तपुरबाट समातिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १८, २०८१
|
|
१४ पटक हेरिएको
Shares
ओखलढुंगामा गाडी दुर्घटना भएपछि भागेका चालक भक्तपुरबाट समातिए

सारांश

  • बिहीबार मानेभञ्ज्याङ गाउँपालिका-४ स्थित खोला किनारमा ना १ ज ६४२१ नम्बरको दुर्घटनाग्रस्त फेला परेको थियो।
  • गाडी सडकबाट १०० मिटर तल खसेको थियो।
  • दुर्घटनामा केपिलासगढी गाउँपालिकाका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको थियो।

१८ माघ,  ओखलढुंगामा दुर्घटना भएको गाडीका चालक भक्तपुरमा भेटिएका छन्। बिहीबार मानेभञ्ज्याङ गाउँपालिका-४ स्थित खोला किनारमा ना १ ज ६४२१ नम्बरको दुर्घटनाग्रस्त फेला परेको थियो। गाडी सडकबाट १०० मिटर तल खसेको थियो।

दुर्घटनामा केपिलासगढी गाउँपालिकाका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको थियो। दुर्घटना राति नै भएको हुनुपर्ने प्रहरीको आशंका थियो। तर बिहान स्थानीयले देखेपछि मात्रै प्रहरीलाई खबर भएको हो। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी कृष्ण खड्काका अनुसार गाडीमा चालकसहित चार जना सवार थिए। तर चालक फेला नपरेपछि खोजी सुरू भएको थियो।

डिएसपी खड्काका अनुसार चालक २२ वर्षीय अनिल पण्डित काभ्रेमा हुनुपर्ने सूचना प्रहरीले पाएको थियो।   फरार प्रतिवादीहरू खोज्न ओखलढुंगा प्रहरीको टोली पनि काठमाडौं आएको थियो। काभ्रेमा हुनसक्ने सूचनापछि उक्त टोलीले बनेपाको शीर मेमोरियल अस्पतालमा सोधीखोजी गरेको थियो। उनी त्यहाँबाट भक्तपुर इन्टरनेशनल अस्पताल आइसकेको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। चालक अहिले सोही अस्पतालमा उपचाररत छन्। उनको हात, अनुहार र छातीमा चोट लागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरी पैठारीका कारण राजस्व घट्यो : गृहमन्त्री लेखक
चोरी पैठारीका कारण राजस्व घट्यो : गृहमन्त्री लेखक
संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त
संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त
टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता
टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता
रामेछापमा बोलेरो दुर्घटना: वडा सदस्यको मृत्यु, ४ जना घाइते
रामेछापमा बोलेरो दुर्घटना: वडा सदस्यको मृत्यु, ४ जना घाइते
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने
देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
तीन बुँदे मागसहित सर्लाहीका उखु किसानद्वारा ज्ञापनपत्र, सात दिनको अल्टिमेटम
तीन बुँदे मागसहित सर्लाहीका उखु किसानद्वारा ज्ञापनपत्र, सात दिनको अल्टिमेटम