फिस्लिङ दुर्घटना अपडेट : कार चालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
२६ पटक हेरिएको
Shares
फिस्लिङ दुर्घटना अपडेट : कार चालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर

सारांश

  • पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै भएको दुर्घटनामा घाइते भएका कार चालकको मृत्यु भएको छ ।
  • कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ४०६० नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार शुक्रबार बिहान एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

३२ जेठ, चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै भएको दुर्घटनामा घाइते भएका कार चालकको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ४०६० नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार शुक्रबार बिहान एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना परी १३ जना घाइते भएका छन् । घाइते तीन जनाको अवस्था गम्भीर छ । चार जना उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिहाइपछि रविको प्रतिक्रिया- न्यायको लडाइँ बाँकी छ, सबको हिसाब गर्नु नै छ
रिहाइपछि रविको प्रतिक्रिया- न्यायको लडाइँ बाँकी छ, सबको हिसाब गर्नु नै छ
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
रूपन्देहीमा आजदेखि रवि लामिछानेको थुनछेक बहस
रूपन्देहीमा आजदेखि रवि लामिछानेको थुनछेक बहस
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
विपन्नलाई काठमाडौं महानगरले २ लाखसम्मको जलन उपचार निःशुल्क गर्ने
विपन्नलाई काठमाडौं महानगरले २ लाखसम्मको जलन उपचार निःशुल्क गर्ने
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
विधेयकमा छुटेका यी २५ बुँदा समेट्न शिक्षक सङ्गठनको माग
विधेयकमा छुटेका यी २५ बुँदा समेट्न शिक्षक सङ्गठनको माग
कालिकोटमा ९ हजार बढी किशोरीलाई एचपीभी खोप लगाउने तयारी
कालिकोटमा ९ हजार बढी किशोरीलाई एचपीभी खोप लगाउने तयारी
टेक्सास बाढी : मु*त्यु हुनेको संख्या ११९ पुग्यो, अझै बढ्न सक्ने अनुमान
टेक्सास बाढी : मु*त्यु हुनेको संख्या ११९ पुग्यो, अझै बढ्न सक्ने अनुमान
अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो
अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो