सुन आयोगमा महराले दिए डेढ घण्टा बयान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ २५, २०८०
|
|
२५ पटक हेरिएको
Shares
सुन आयोगमा महराले दिए डेढ घण्टा बयान

सारांश

  • सुन तस्करी सम्बन्धमा छानबिन गर्न डिल्लीराज आचार्य संयोजकत्वको आयोगले सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ ।
  • आयोगले बिहीवार सिंहदरवारमा बोलाएर महरासँग बयान लिएको हो ।
  • विद्युतीय चुरोट (भेप्स)मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको हो ।

२५ माघ, काठमाडौं । सुन तस्करी सम्बन्धमा छानबिन गर्न डिल्लीराज आचार्य संयोजकत्वको आयोगले सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ ।

आयोगले बिहीवार सिंहदरवारमा बोलाएर महरासँग बयान लिएको हो । विद्युतीय चुरोट (भेप्स)मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा बयानमा जाने महरा उच्च अधिकारी हुन् । महरा पूर्वउपप्रधान, गृह एवं अर्थमन्त्रीसमेत रहिसकेका नेता हुन् । सुन तस्करीमा संलग्न एक चिनियाँ व्यापारीसँग महराले पटक–पटक टेलिफोन गरेको तथ्य फेला परेको थियो ।

विमानस्थल भन्सारमा रहेको सुन छुटाउन महराले पटक पटक कमचारीलाई दबाब दिएका थिए । सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई सीआईबीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।  सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले चूडामणि उप्रेती ‘गोरे’सहित धेरै जनासँग बयान लिइसकेको छ । यसक्रममा आयोगले हेलिकप्टरमार्फत समेत सुन तस्करी हुने गरेको तथ्य फेला पारेको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी
महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी
अमेरिकी डलर र युरोको भाउ स्थिर, अरुको कति ?
अमेरिकी डलर र युरोको भाउ स्थिर, अरुको कति ?
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
चर्चित लोकगायिका शारदा सिन्हाको निधन
चर्चित लोकगायिका शारदा सिन्हाको निधन
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड