Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १२, २०८२
|
|
८९ पटक हेरिएको
Shares
स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

सारांश

  • आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल जित्‍न नेपालले बलियो लक्ष्य पाएको छ ।
  • टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
  • नेपालले बलिङमा शानदार सुरुवात गरेको भएपनि फिनिसिङमा राम्रो हुन सकेन ।

काठमाडौं ।

आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल जित्‍न नेपालले बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले बलिङमा शानदार सुरुवात गरेको भएपनि फिनिसिङमा राम्रो हुन सकेन । पावरप्लेमै ३ विकेट लिएको नेपालले स्कटल्यान्डलाई ७९-६ को अवस्थामा पुर्‍याएको भएपनि स्कटल्यान्डले ब्याटिङमा पुनरागमन गर्‍यो ।

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । अलिसा लिस्टरले २२ रन बनाइन् । सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन् । नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिइन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले १-१ विकेट लिए । नेपालले सुपर सिक्स सम्भावना कायमै राख्‍न आजको खेल जित्‍नैपर्ने दबाब छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा आरोही पहिलो महिला प्रहरी कुन्जाङलाई सईको दर्ज्यानी चिन्ह
सगरमाथा आरोही पहिलो महिला प्रहरी कुन्जाङलाई सईको दर्ज्यानी चिन्ह
मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न रास्वपाको माग
मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न रास्वपाको माग
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
एमाले पार्टी कार्यालयमा पस्यो मनोहराको बाढी
एमाले पार्टी कार्यालयमा पस्यो मनोहराको बाढी
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल
आज मन्त्रिपरिषद् बैठक बस्दै
आज मन्त्रिपरिषद् बैठक बस्दै
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
एक करोड बीमा गरेर आफैंले लगाए पसलमा आगो
एक करोड बीमा गरेर आफैंले लगाए पसलमा आगो
धवलागिरि हिमपातमा परी बेपत्ता तामाङको शव काठमाडौँ ल्याइयो।
धवलागिरि हिमपातमा परी बेपत्ता तामाङको शव काठमाडौँ ल्याइयो।