मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियामा प्रयोग हुने भाषाप्रति आपत्ति जनाएका छन् ।
  • गोरखापत्र दैनिकको १ सय २५ औं वर्ष प्रवेश तथा ६३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनल यस्तो आपत्ति जनाएका हुन् ।
  • गोरखापत्रले मात्रै नेपाली भाषाको सम्मान गरेको तर्क गर्दै उनले खासगरी ‘तिमी’ सम्बोधन गरेकोमा विमति राखेका हुन् ।

२४ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियामा प्रयोग हुने भाषाप्रति आपत्ति जनाएका छन् । गोरखापत्र दैनिकको १ सय २५ औं वर्ष प्रवेश तथा ६३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनल यस्तो आपत्ति जनाएका हुन् । गोरखापत्रले मात्रै नेपाली भाषाको सम्मान गरेको तर्क गर्दै उनले खासगरी ‘तिमी’ सम्बोधन गरेकोमा विमति राखेका हुन् ।

‘गोरखापत्रलाई नेपाली भाषाको शुद्धताको मानक मानिन्छ । कुनै पनि समाचारपत्रले भन्दा भाषिक आन्दोलन बचाउने कुरामा गोरखापत्र अगाडि छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘राष्ट्रपतिले भने भन्छ कि भन्नुहुन्छ भन्छ कि मैले याद गरेको छैन । नातीसँग कुरा गरेर राष्ट्रपतिले राष्ट्रपतिले उद्घाटन गरे’ भन्ने नेपाली भाषा होइन ।’ उनले राजतन्त्रको बेलामा पत्रपत्रिकाले प्रयोग गर्ने भाषा र शब्दहरूको पनि टिप्पणी गरे । राजा हुँदा राजाले हेर्दैन थिए, नजर गर्थे, हिँड्दैन थिए सवारी गर्थे, बस्दैन थिए, आराम गर्थे, सुत्दैन थिए, सुकला हुन्थ्यो ।

राजतन्त्र फाल्यौं भनेपछि यी जनताका छोरालाई किन मान्ने, किन सम्मान गर्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘यू भनेपछि हजुरबुवा पनि भयो नाती पनि भयो । जुन भाषा गरिब छ त्यसले हाम्रो भाषाको उचाइ छुन सकेन भन्दैमा हामीले भाषाको कद घटाउने ?’ गोरखापत्रले सिंगो समाजको साँच्चै सेवा गरेर गुन लगाएको ओलीको भनाइ थियो । ‘जसरी पनि नकारात्मक टिप्पणी गर्ने, कृत्रिम बौद्धिकताको प्रयोग गरेर चरित्र हत्या गर्ने, आज एउटा झुटलाई सही भनेर फैलाउने र भोलि त्यसलाई पुष्टि गर्ने प्रवृत्ति बोकेका सञ्चारमाध्यमसँग गोरखापत्रले सामना गर्नुपर्नेछ,’ प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग
उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार
बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छ : प्रधानमन्त्री
बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छ : प्रधानमन्त्री
प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ, अध्यक्ष प्रचण्ड
प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ, अध्यक्ष प्रचण्ड
कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् :  प्रधानमन्त्री ओली
कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् : प्रधानमन्त्री ओली
हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए
हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो: सञ्चारमन्त्री खरेल
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो: सञ्चारमन्त्री खरेल
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै
खोटाङमा आठ रोपनी जग्गामा क्रिकेट मैदान बन्दै
खोटाङमा आठ रोपनी जग्गामा क्रिकेट मैदान बन्दै