सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ३, २०८१
|
|
४३ पटक हेरिएको
Shares
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

सारांश

  • बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका झालाई सर्वोच्चले रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सरकारसँग सोधेको छ ।
  • जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि झा उच्च अदालत पुगेका थिए ।
  • हाल कारागार कार्यालय जगन्नाथदेवलमा रहेका झा उच्च अदालत पाटनले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएपछि झा सर्वोच्चमा पुगेका थिए।

 

३ माघ,  काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाको भूमिका निर्वाह गरेर हाल जेल जीवन बिताइरहेका बेचन झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका झालाई सर्वोच्चले रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सरकारसँग सोधेको छ ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि झा उच्च अदालत पुगेका थिए । हाल कारागार कार्यालय जगन्नाथदेवलमा रहेका झा उच्च अदालत पाटनले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएपछि झा सर्वोच्चमा पुगेका थिए। उच्च अदालतका न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेको थियो ।

झालाई नक्कली शरणार्थी प्रकरणमा २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बिहीबार बेचनलाई रिहा गर्न अस्वीकार गर्दै सरकारसँग कारण मागेको हो । बेचन झाले यही पुस ४ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले गत पुस ५ गते कैफियत प्रतिवेदन माग गरेको थियो । त्यसपछि झाले बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले कैलालीको जनजीवन प्रभावित, जोखिम क्षेत्रका नागरिकलाई सारियो
बाढीले कैलालीको जनजीवन प्रभावित, जोखिम क्षेत्रका नागरिकलाई सारियो
एमाले अध्यक्षको मत अपडेट : ओली ३३३, पोखरेल ११०
एमाले अध्यक्षको मत अपडेट : ओली ३३३, पोखरेल ११०
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन
नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 
नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 
एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ
एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
आज वैशाख २५ गते सोमबार, यस्तो छ आजको राशिफल। 
आज वैशाख २५ गते सोमबार, यस्तो छ आजको राशिफल। 
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख
सातै प्रदेशका मुख्‍यमन्त्री र प्रदेश प्रमुखविरूद्ध सर्वोच्चमा रिट दर्ता
सातै प्रदेशका मुख्‍यमन्त्री र प्रदेश प्रमुखविरूद्ध सर्वोच्चमा रिट दर्ता