Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
३२ पटक हेरिएको
Shares
एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ

सारांश

  • नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले प्राधिकरणले पाएको यी सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव नभएका बताएका छन् ।
  • बर्खास्तीमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यो समग्र सफलता प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम रहेको बताएका हुन् ।
  • उनले भने, ‘राष्ट्र निर्माणमा जहाँ आवश्यकता पर्छ त्यहाँ योगदान दिन तयार छु ।

 

२२ चैत, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले प्राधिकरणले पाएको यी सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव नभएका बताएका छन् । बर्खास्तीमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यो समग्र सफलता प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम रहेको बताएका हुन् ।

उनले भने, ‘राष्ट्र निर्माणमा जहाँ आवश्यकता पर्छ त्यहाँ योगदान दिन तयार छु । मैले प्राधिकरणमा रहेर लोडसेडिङ अन्त्य गर्नेदेखि, संस्थालाई नाफामा लगेर जनतालाई सुविधा दिनेसम्मका कार्यहरू इमानदारीपूर्वक सम्पन्न गरेको छु । यी सबै कार्यहरू नतिजामुखी नेतृत्व र जबाफदेहितामा आधारित थिए । मेरो प्रतिबद्धता सधैँ जनताको सेवा प्रति समर्पित रहनेछ । प्राधिकरणले पाएको यी सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव थिएन । यसमा प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम हो ।’ साथै उनले एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग हुनसक्ने अवस्था विद्यमान रहेको टिप्पणी गरे ।

उनले विगतदेखि नै आफूमाथि चौतर्फी रूपमा प्रहारका प्रयास भएकाले आगामी दिनमा सजग रहने बताए । उनले भने, ‘विगतदेखि नै आफूमाथि चौतर्फी रूपमा प्रहारका प्रयास भैइरहेका छन्, यसमा म सजग रहने छु । राज्यले दिएको जिम्मेवारी इमानदारी र निष्ठाकारसाथ पूरा गर्दा मलाई केही स्वार्थी समूहबाट मेरो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्ने गरी विगतबाटै प्रत्यक्ष÷अप्रत्यक्ष चौतर्फी रूपमा प्रहारका प्रयास भएका थिए । मलाई कमजोर बनाउन आगामी दिनासमेत सोही किसिमका प्रहार हुनेमा म सतर्क र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु । हामीले विश्वसनीय बिजुली आपूर्ति सुनिश्चित ग¥यो, राष्ट्रको आर्थिक बचत गयौँ र जनताको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्यौँ । प्रभावकारी नेतृत्व, स्पष्ट भिजन, र पारदर्शी विधिबाट प्राप्त यो सफलताको नमुना अब देशका अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ भन्ने मलाई दृढ विश्वास छ । तर एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निर्णयले क्षण भरमा संस्था लथालिङ्ग र भताभुङ्ग हुनसक्ने अवस्था विद्यमान छ । यसको लागि सदैव खबरदारी गर्नु आवश्यक हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन
सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन
निजामती विधेयकबारे छलफल जारी, आजै पास गर्ने तयारी
निजामती विधेयकबारे छलफल जारी, आजै पास गर्ने तयारी
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य