एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
२७ पटक हेरिएको
Shares
एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ

सारांश

  • नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले प्राधिकरणले पाएको यी सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव नभएका बताएका छन् ।
  • बर्खास्तीमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यो समग्र सफलता प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम रहेको बताएका हुन् ।
  • उनले भने, ‘राष्ट्र निर्माणमा जहाँ आवश्यकता पर्छ त्यहाँ योगदान दिन तयार छु ।

२२ चैत, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले प्राधिकरणले पाएको यी सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव नभएका बताएका छन् । बर्खास्तीमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यो समग्र सफलता प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम रहेको बताएका हुन् ।

उनले भने, ‘राष्ट्र निर्माणमा जहाँ आवश्यकता पर्छ त्यहाँ योगदान दिन तयार छु । मैले प्राधिकरणमा रहेर लोडसेडिङ अन्त्य गर्नेदेखि, संस्थालाई नाफामा लगेर जनतालाई सुविधा दिनेसम्मका कार्यहरू इमानदारीपूर्वक सम्पन्न गरेको छु । यी सबै कार्यहरू नतिजामुखी नेतृत्व र जबाफदेहितामा आधारित थिए । मेरो प्रतिबद्धता सधैँ जनताको सेवा प्रति समर्पित रहनेछ । प्राधिकरणले पाएको यी सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव थिएन । यसमा प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम हो ।’ साथै उनले एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग हुनसक्ने अवस्था विद्यमान रहेको टिप्पणी गरे ।

उनले विगतदेखि नै आफूमाथि चौतर्फी रूपमा प्रहारका प्रयास भएकाले आगामी दिनमा सजग रहने बताए । उनले भने, ‘विगतदेखि नै आफूमाथि चौतर्फी रूपमा प्रहारका प्रयास भैइरहेका छन्, यसमा म सजग रहने छु । राज्यले दिएको जिम्मेवारी इमानदारी र निष्ठाकारसाथ पूरा गर्दा मलाई केही स्वार्थी समूहबाट मेरो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्ने गरी विगतबाटै प्रत्यक्ष÷अप्रत्यक्ष चौतर्फी रूपमा प्रहारका प्रयास भएका थिए । मलाई कमजोर बनाउन आगामी दिनासमेत सोही किसिमका प्रहार हुनेमा म सतर्क र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु । हामीले विश्वसनीय बिजुली आपूर्ति सुनिश्चित ग¥यो, राष्ट्रको आर्थिक बचत गयौँ र जनताको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्यौँ । प्रभावकारी नेतृत्व, स्पष्ट भिजन, र पारदर्शी विधिबाट प्राप्त यो सफलताको नमुना अब देशका अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ भन्ने मलाई दृढ विश्वास छ । तर एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निर्णयले क्षण भरमा संस्था लथालिङ्ग र भताभुङ्ग हुनसक्ने अवस्था विद्यमान छ । यसको लागि सदैव खबरदारी गर्नु आवश्यक हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निमावि तहका ६८६ शिक्षकका लागि आवेदन खुला
निमावि तहका ६८६ शिक्षकका लागि आवेदन खुला
नेपाली भूमिमा प्रवेश गरेर एसएसबीको ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो
नेपाली भूमिमा प्रवेश गरेर एसएसबीको ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण
अश्लिल भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा २ जना पक्राउ
अश्लिल भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा २ जना पक्राउ
आतंकवादविरुद्ध लडेका पूर्वसैनिकले नै लिए अमेरिकामा १५ जनाको ज्यान
आतंकवादविरुद्ध लडेका पूर्वसैनिकले नै लिए अमेरिकामा १५ जनाको ज्यान
परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता
परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता
भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु,
भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु,
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक