२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
२१ पटक हेरिएको
Shares
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो

सारांश

  • लगातार दुई दिनसम्म गिरावट कायम राखेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढ्दै २६०७.
  • ४२ बिन्दुमा पुगेको छ ।
  • नेप्से १२.

१९ कात्तिक, काठमाडौं।

लगातार दुई दिनसम्म गिरावट कायम राखेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढ्दै २६०७.४२ बिन्दुमा पुगेको छ । नेप्से १२.१७ अंकले उक्लिएको छ भने सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः १.१४, ०.९० र ०.४५ अंकले वृद्धि भएका छन् । सूचक बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन ४२ हजार ८७९ पटकको ट्रेडमार्फत ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ। नवप्रवेशी माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर दोस्रो दिन पनि सकारात्मक सर्किटमा रहेर ३४ रुपैयाँ ९० पैसा बढ्दै ३८४ रुपैयाँ ३० पैसामा पुगेको छ ।

उन्नती सहकार्य लघुवित्त र नेपाल फाइनान्सको मूल्य क्रमशः १० प्रतिशत र ९ प्रतिशतभन्दा बढी बढेको छ भने फस्र्ट माइक्रोफाइनान्स लघुवित्त ७.४८ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट भएको कम्पनी बनेको छ । कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर ३८ करोड ६१ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो, पछिल्लो स्थानमा हिमालयन डिष्टिलरी र राधी विद्युत कम्पनी क्रमशः साढे ३२ करोड र साढे ३१ करोड रुपैयाँको कारोबारसहित रहे। १३ मध्ये ११ उपसमूहको परिसूचक वृद्धि हुँदा वित्त उपसमूह ३.४१ प्रतिशतको सर्वाधिक वृद्धि लिएर अगाडि रह्यो भने होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूह सामान्य रूपमा घटे ।

आइतबार बढेको बजार सोमबार र मंगलबार दुई दिन लगातार ओरालो लागेको भए पनि बुधबार पुनः उक्लिँदा बजार उतारचढावबीच सकारात्मक ट्रेन्डतर्फ रहेको विश्लेषकहरूको निष्कर्ष छ । आउँदो चुनाव नजिकिँदै जाँदा निजी क्षेत्रमैत्री सरकारी नीति र पुँजी बजारप्रति बढ्दो ध्यानका कारण बजारलाई थप स्थिरता र वृद्धि मिल्ने अपेक्षा राखिएको छ भने लगानीकर्ताहरू पर्ख–र–हेकको अवस्थामा रहे पनि समग्र बजार मनोविज्ञान विस्तारै सुधार भइरहेको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुबाङ बजार बन्द, राजमार्ग अवरुद्ध
बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुबाङ बजार बन्द, राजमार्ग अवरुद्ध
रूकुम पूर्वमा माओवादीको मध्यपहाडी लोकमार्ग अभियान
रूकुम पूर्वमा माओवादीको मध्यपहाडी लोकमार्ग अभियान
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग
रास्वपा र बालेनबीच एकता सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
रास्वपा र बालेनबीच एकता सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश
सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)
निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी
निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी
पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु
पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु