२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
४३ पटक हेरिएको
Shares
२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै

सारांश

  • पर्यटकीय राजधानी पोखरामा आजदेखि २० औं फेवा नव वर्ष महोत्सव २०८२ शुरु हुदैछ ।
  •   होटल संघ पोखरा नेपालले हरेक वर्ष नेपाली नयाँ वर्ष शुरुवातका अवसरमा आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवको २० औं संस्करण पोखरामा शुरु हुन लागेको हो ।
  •   २० औं फेवा नव वर्ष महोत्सव २०८२ आजदेखि बैशाख १ गतेसम्म पोखराको खहरेचोकदेखि ड्यामसाइड विचको सडकमा आयोजना गरिने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।

३० चैत, पोखरा ।

पर्यटकीय राजधानी पोखरामा आजदेखि २० औं फेवा नव वर्ष महोत्सव २०८२ शुरु हुदैछ ।  होटल संघ पोखरा नेपालले हरेक वर्ष नेपाली नयाँ वर्ष शुरुवातका अवसरमा आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवको २० औं संस्करण पोखरामा शुरु हुन लागेको हो ।  २० औं फेवा नव वर्ष महोत्सव २०८२ आजदेखि बैशाख १ गतेसम्म पोखराको खहरेचोकदेखि ड्यामसाइड विचको सडकमा आयोजना गरिने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।  संघले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुबेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुती रहने उनले बताए । बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ ।

पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने उक्त महोत्सबमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक होटल संघ पोखरा नेपालले जानकारी दिएको छ । त्यस्तै महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् । अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघका अध्यक्ष सुवेदीले सुनाए । प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ ।

यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् । महोत्सवका अवसरमा स्थानीय खहरे र ड्यामसाइडबाट झाँकी निकालिने छन् । फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा.ली, सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि. फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी – मन्त्री प्रदीप
दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी – मन्त्री प्रदीप
गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौँ : प्रधानमन्त्री
गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौँ : प्रधानमन्त्री
सुदूरपश्चिममा कोरोना संक्रमित संख्या आठ पुग्यो
सुदूरपश्चिममा कोरोना संक्रमित संख्या आठ पुग्यो
सिडेनको अध्यक्षमा रविभूषणले गरे उम्मेदवारी घोषणा
सिडेनको अध्यक्षमा रविभूषणले गरे उम्मेदवारी घोषणा
महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन
महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
महोत्तरीमा विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता
महोत्तरीमा विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता
परराष्ट्रमन्त्री राणा जापान प्रस्थान
परराष्ट्रमन्त्री राणा जापान प्रस्थान
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार, डिजे मालिक कंगाल
डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार, डिजे मालिक कंगाल