डेढ अर्ब नगद सहयोग गरेको यूएईबाट आयो ८० टन राहत सामग्री, मन्त्री महावीरले बुझे

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १४, २०८३
|
|
१६० पटक हेरिएको
Shares
डेढ अर्ब नगद सहयोग गरेको यूएईबाट आयो ८० टन राहत सामग्री, मन्त्री महावीरले बुझे

सारांश

  • अहिलेसम्म सबैभन्दा बढी नगद सहयोग गरेको संयुक्त अरब इमिरेट्स (यूएई)ले थप ८० टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ।
  •   भोटेकोसी बाढीपछि नेपाललाई सहयोग गर्ने राष्ट्रमा अहिलेसम्म यूएई सबैभन्दा अग्रपंक्तिमा छ।
  • यूएईले १० मिलियन अमेरिकी डलर (करिब डेढ अर्ब रुपैयाँ) नगद सहयोग गरेको छ।

१४ भदौ, काठमाडौं ।

अहिलेसम्म सबैभन्दा बढी नगद सहयोग गरेको संयुक्त अरब इमिरेट्स (यूएई)ले थप ८० टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ।  भोटेकोसी बाढीपछि नेपाललाई सहयोग गर्ने राष्ट्रमा अहिलेसम्म यूएई सबैभन्दा अग्रपंक्तिमा छ। यूएईले १० मिलियन अमेरिकी डलर (करिब डेढ अर्ब रुपैयाँ) नगद सहयोग गरेको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले यूएई सरकारले पठाएको ८० टन राहत सामग्री सरकारले बुझेको बताएका छन्। मन्त्री पुनका अनुसार यूएईबाट ल्याइएका राहत सामग्री शनिबार राति ११:३० बजे सरकारलाई हस्तान्तरण गरिएको हो। राहत सामग्री बुझ्ने बेला बेस्सरी पानी परेको उनले बताए।  पर्सि अर्को हवाईजहाजमा अरू सामग्री आउने जानकारी पनि उनले दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...