ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार यात्रुको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
४१ पटक हेरिएको
Shares
ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार यात्रुको मृत्यु

सारांश

  • दुर्घटनामा स्कुटरमा सवार यात्रुको ज्यान गएको छ ।
  • ना.
  • ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको भक्तपुर प्रहरीले जनाएको छ ।

 

३१ साउन, भक्तपुर– भक्तपुरको गठ्ठाघरमा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा स्कुटरमा सवार यात्रुको ज्यान गएको छ ।

ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको भक्तपुर प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म सोहोरेर लाँदा स्कुटरमा सवार महिलाको शरीर क्षतविक्षत भएको छ । ज्यान गुमाएकी महिलाको पहिचान खुलिसकेको छैन ।

घटनास्थलमा ज्यान गुमाएकी महिलाको झोला भेटिएको छ । उनी कलेजकी विद्यार्थी रहेको बताइएको छ । दुर्घटनापछि जम्मा भएको भिडले ट्रकमा तोडफोड गरेका छन् । अहिले त्यहाँको अवस्था तनावपूर्ण छ भने भक्तपुर-काठमाडौं सडक ठप्प भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?