शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ६, २०८१
|
|
३० पटक हेरिएको
Shares
शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त

सारांश

  • शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन् ।
  • चैत चार गते बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतकी सुवेदी र मकवानपुरका सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
  • नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरुमा त्रिविका उपकुलपति केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले रहेको समिति गठन गरिएको थियो ।

६ चैत, काठमाडौं ।

शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन् । चैत चार गते बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतकी सुवेदी र मकवानपुरका सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरुमा त्रिविका उपकुलपति केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले रहेको समिति गठन गरिएको थियो ।

गत माघ १ गते समितिले १५ दिनको समय दिएर दरखास्त आह्वान गर्दा ३१ जनाको आवेदन परेको थियो । संक्षिप्त सूचीमा परेका ११ जनामध्येबाट उच्चतम अंक प्राप्त गर्ने सुवेदी र सापकोटा नियुक्तिका लागि सिफारिस भएका थिए ।

एक अध्यक्ष र दुई सदस्य (एक महिला) गरी तीन जनाको शिक्षक सेवा अयाोग रहने व्यवस्था छ । उनीहरुको पदावधि पाँच वर्षको हुन्छ । हाल शिक्षक सेवा आयोगको अध्यक्ष मधुप्रसाद रेग्मी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?