Press 4K
बुधबार, ३१ भाद्र २०८३

चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान

सारांश

  • अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२\८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ ।
  • मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागरी चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको हो ।
  • सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्ण रुपमा खर्च गर्न नसकिने भन्दै खर्चको लक्ष्य घटाएको छ ।

२७ माघ,काठमाडौँ ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२\८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागरी चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको हो । सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्ण रुपमा खर्च गर्न नसकिने भन्दै खर्चको लक्ष्य घटाएको छ ।अर्थमन्त्री रामेश्वर खनालले चालु आवमा १५ खर्ब १५ अर्ब ३७ करोड रुपैयाँ हाराहारी मात्र बजेट खर्च हुने अनुमान रहेको जानकारी दिए । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको अनुमानि बजेट ल्याएको थियो ।

उनले भने,‘ बजेट कार्यान्वयनको सन्दर्भमा विनियोजित १९ खर्ब ६४ अर्ब रुपैयाँ नै खर्चको लक्ष्य भए पनि निर्वाचन खर्च जुटाउनुपर्ने र अरु प्राविधिक कारणले खर्चको स्रोत अपुग हुने भएकाले खर्च कम गर्न खोजिएको हो । अहिले नेपाल सरकारको सञ्चित कोषमा हाल कोषमा १ खर्ब ३० अर्ब मात्र नगद सञ्चित छ । यसले गर्दा पनि बजेटमा केही नियन्त्रण गर्नुपर्ने छ ।’ त्यस्तै उनले चालु वर्षको लागि अनुमान गरिएको पुँजीगत खर्च करिब २१ प्रतिशत न्युन हुुने अनुमान रहेको पनि जानकारी दिए । त्यस्तै उच्च दरले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । हाल मुलुकसँग २२ अर्ब ४७ करोड अमेरिकी डलर बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ । त्यस्तै, देशबाट बाहिरिने भन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको छ ।


चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति (महँगी) घटेर १.७ प्रतिशतमा सीमित भएको छ ।निक्षेपको औसत ब्याजदर पनि ३.५६ प्रतिशतमा झरेको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा सीमित छ ।यसैगरी ,विश्व अर्थतन्त्र ३.३ प्रतिशत र छिमेकी भारत ७.३ तथा चीन ५ प्रतिशतले बढ्ने प्रक्षेपण छ । आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ३.० प्रतिशत रहने प्रारम्भिक अनुमान मन्त्रालयको रहेको छ ।नेप्से सूचकांक २६४१.४४ बिन्दुमा कायम भएको छ भनेकुल बजार पुँजीकरण ४४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी,बैंकिङ क्षेत्रतर्फ निजी क्षेत्रमा जाने कर्जा ६.७ प्रतिशतले बढेर झन्डै ५७ खर्ब पुगेको छ भने निक्षेप संकलन ५.७ प्रतिशतले बढेर ७६ खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली
नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ
समर्थन फिर्ता लिएपछि जनमत पार्टी मधेस प्रदेशमा विवाद, हटाइए दलका नेता
समर्थन फिर्ता लिएपछि जनमत पार्टी मधेस प्रदेशमा विवाद, हटाइए दलका नेता
प्रजातन्त्र दिवसबारे कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको भन्दै ‘क्यामेरा डाउन’
प्रजातन्त्र दिवसबारे कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको भन्दै ‘क्यामेरा डाउन’
प्रधानमन्त्री प्रचण्डले गरे हेटौंडा सबस्टेसन उद्‌घाटन
प्रधानमन्त्री प्रचण्डले गरे हेटौंडा सबस्टेसन उद्‌घाटन
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
७.९४ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
७.९४ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
देउवाले बोलाए पदाधिकारी बैठक
देउवाले बोलाए पदाधिकारी बैठक
फाइनल जितेर पनि भारत ट्रफीबिहीन, पाकिस्तानले उठायो प्रश्न
फाइनल जितेर पनि भारत ट्रफीबिहीन, पाकिस्तानले उठायो प्रश्न
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...