सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २, २०८१
|
|
२३ पटक हेरिएको
Shares
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ

सारांश

  • आइतबार छापावाला सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।
  • नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
  • शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

२ भदौ , नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २९ गते १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेर सुनको मूल्यले रेकर्ड कायम गरेको थियो ।

यस्तै, आइतबार चाँदीले पनि नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ