समर्थन फिर्ता लिएपछि जनमत पार्टी मधेस प्रदेशमा विवाद, हटाइए दलका नेता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २२, २०८३
|
|
२३२ पटक हेरिएको
Shares
समर्थन फिर्ता लिएपछि जनमत पार्टी मधेस प्रदेशमा विवाद, हटाइए दलका नेता

सारांश

  • जनमत पार्टी मधेस प्रदेशमा विवाद सृजना भएको छ ।
  • प्रदेश सरकारमा एक जना अर्थमन्त्री र एक जना खेलकुद तथा समाज कल्याण मन्त्री रहेको जनमत पार्टी दुई टुक्रामा बाँडिएको छ ।
  • सोमबार जनमत पार्टीका सचेतक चन्दन सिंहले १० जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।

२२ वैशाख, जनकपुर ।

जनमत पार्टी मधेस प्रदेशमा विवाद सृजना भएको छ । प्रदेश सरकारमा एक जना अर्थमन्त्री र एक जना खेलकुद तथा समाज कल्याण मन्त्री रहेको जनमत पार्टी दुई टुक्रामा बाँडिएको छ । सोमबार जनमत पार्टीका सचेतक चन्दन सिंहले १० जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए । तर प्रदेश प्रमुख कार्यालयले अहिले सम्म कुनै औपचारिक पत्र सार्वजनिक भने गरेको छैन ।

यता, जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता एवम् मधेस प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले आज प्रदेश प्रमुख कार्यालयलाई पत्र लेख्दै, सरकारलाई दिइएको समर्थन यथावत् रहेको जानकारी गराएका छन् । उनले आफू दलको नेता रहेको र आफ्नो जानकारी बिना र नबोलाएको संसदीय दलको बैठकको कुनै पनि निर्णय आधिकारिक नरहेको स्पष्ट पारेका छन् । उनले वर्तमान मधेस प्रदेश सरकारको मुख्यमन्त्री कृष्णा प्रसाद यादवको नेतृत्वको सरकालाई जनमत पार्टीको आधिकारिक समर्थन रहेको जानकारी गराएका छन् । जनमत पार्टीका कुल १३ प्रदेश सभा सदस्य रहेका छन् । जसमध्ये बबिता इशर राउत उपसभामुख पदमा छन् भने पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले यसअघि नै पदबाट राजीनामा दिई छुट्टै पार्टी खोलेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार र बालेनको लडाईँ : काठमाडौं टावर नै भत्काउने महानगरपालिकाको तयारी
सरकार र बालेनको लडाईँ : काठमाडौं टावर नै भत्काउने महानगरपालिकाको तयारी
सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार
सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्याे अस्वीकार
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष फेला
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष फेला
धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
३८ वर्षपछि पक्राउ परे डाँकाचोरी मुद्दाका फरार प्रतिवादी
३८ वर्षपछि पक्राउ परे डाँकाचोरी मुद्दाका फरार प्रतिवादी
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान
प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव
करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद
करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद