दुई दिनदेखि सडक अवरुद्ध भएपछि एक्स्काभेटरले पन्छाउने काम भइरहेको उनले जानकारी दिए ।
चट्टान खस्दा हुम्लाको हिल्सा–सिमकोट सडक अवरुद्ध
सारांश
- कर्णाली कोरिडोरअन्तर्गतको हिल्सा–सिमकोट जोड्ने छारे खण्डमा चट्टान खस्दा सडक अवरुद्ध भएको छ ।
- सडकमा कडा चट्टान खसेपछि कर्णाली करिडोर आउजाउ गर्न समस्या भएको हो ।
- सडक अवरुद्घ भएसँगै हुम्लाबाट सुर्खेत र नेपालगन्जसम्मको यातायात ठप्प भएको सर्केगाड गाउँपालिका–२ का स्थानीय ताराबहादुर कार्कीले जानकारी दिए ।
४ असोज, हुम्ला । कर्णाली कोरिडोरअन्तर्गतको हिल्सा–सिमकोट जोड्ने छारे खण्डमा चट्टान खस्दा सडक अवरुद्ध भएको छ । सडकमा कडा चट्टान खसेपछि कर्णाली करिडोर आउजाउ गर्न समस्या भएको हो ।
सडक अवरुद्घ भएसँगै हुम्लाबाट सुर्खेत र नेपालगन्जसम्मको यातायात ठप्प भएको सर्केगाड गाउँपालिका–२ का स्थानीय ताराबहादुर कार्कीले जानकारी दिए ।
स्थानीयबासीलाई पैदल यात्राबाट समेत सदरमुकाम सिमकोटसम्म आउन समस्या भएको उनले बताए ।
सडक अवरुद्ध भएपछि अहिले खुलाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया