विनोद चौधरीको छलाङ : कांग्रेस बनेको ९ वर्षमै उपसभापति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २६, २०८३
|
|
९८ पटक हेरिएको
Shares
विनोद चौधरीको छलाङ : कांग्रेस बनेको ९ वर्षमै उपसभापति

सारांश

  • कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा समावेशी उपसभापति पदका अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै चौधरी विजयी भएका हुन्।
  • उक्त पदमा पूर्वसहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, नेतृ सीता गुरुङ र रञ्जित कर्ण चौधरी प्रतिस्पर्धी थिए।
  • शुक्रबार अबेर राति सार्वजनिक नतिजाअनुासर विजयी विनोदले १ हजार ७४५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी जीवनले १ हजार ६५८ मत ल्याए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिमा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन्।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा समावेशी उपसभापति पदका अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै चौधरी विजयी भएका हुन्।

उक्त पदमा पूर्वसहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, नेतृ सीता गुरुङ र रञ्जित कर्ण चौधरी प्रतिस्पर्धी थिए।

शुक्रबार अबेर राति सार्वजनिक नतिजाअनुासर विजयी विनोदले १ हजार ७४५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी जीवनले १ हजार ६५८ मत ल्याए।

यसैगरी फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।

कांग्रेसमा ५० वर्ष लामो राजनीति गरेका नेताहरूलाई ९ वर्षअघि मात्र कांग्रेस प्रवेश गरेका चौधरीले हराइदिएका हुन्।

२०६४ मा नेकपा (एमाले)को तर्फबाट समानुपातिक सभासद बनेका चौधरी ७४ मा कांग्रेस प्रवेश गरेका थिए।लगत्तै उनी मधेसी कोटामा समानुपातिक सांसद पनि भए।

२०७८ मा भएको १४औँ महाधिवेशनमा चौधरी थारु क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। मारवाडी मूलका चौधरीले राजनीतिमा ‘मधेसी’ कोटामा संसद् र पार्टी राजनीतिमा बाटो बनाए।

२०७९ मा कांग्रेसबाट टिकट लिएर नवलपरासी-१ बाट विजयी भएका थिए। पञ्चायतकालमा राजपरिवारसँग निकट सम्बन्ध बनाएका चौधरी २०४६ पछि एमालेसँग नजिकिएका थिए। उनलाई राजनीतिक उचाइ भने कांग्रेसबाट प्राप्त भएको छ। गत विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा दोहोरिएका चौधरी २०८२ को निर्वाचनमा नवलपरासी-१ मा  रास्वपाका विक्रम खनालसँग पराजित भए।

चौधरीको संसद् यात्रामा ब्रेक लागे पनि पार्टी राजनीतिमा भने छलाङ मारेका छन्। कांग्रेस विधानमा जिल्ला सभापति, प्रदेश सभापति, केन्द्रीय पदाधिकारी र सदस्यका लागि १० वर्षको समय सीमा तोकिएको छ। कांग्रेस राजनीतिमा चौधरीको वेगलाई १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य र अहिले पन्ध्रौँमा उपसभापति बन्न उक्त समय सीमाले रोक्न सकेन।

चौधरीले नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको नेतृत्व गरिसकेका छन्।

वाइवाई चाउचाउदेखि सीजी हस्पिटालिटीसम्म १२३ ब्रान्डको सफलतालाई उनी आफ्नो ‘राजनीतिक योग्यता’का रूपमा प्रस्तुत गर्छन्।

उनी फोर्ब्स सूचीमा नेपालका एक मात्र अर्बपति (१.५ बिलियन डलरका मालिक) हुन्।

‘पैसा कमाउन’ होइन, ‘पोलिसी रिफर्म’ र ‘विकासको मोडेल’ देखाउन आएको चौधरी बताउँछन्।

७० वर्षीय चौधरी विश्वका अर्बपतिहरूको सूचीमा समावेश नेपालका एक मात्र उद्योगपति हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर वृद्धिविरुद्ध चाबी बुझाउन हेटौँडा उपमहानगर परिसरमा पुगे व्यवसायी
कर वृद्धिविरुद्ध चाबी बुझाउन हेटौँडा उपमहानगर परिसरमा पुगे व्यवसायी
पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड
पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा
राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा
१८ असोजमा कांग्रेस १५औं महाधिवेशन उद्घाटन
१८ असोजमा कांग्रेस १५औं महाधिवेशन उद्घाटन
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
काठमाडौंका सीडीओको आदेश- सार्वजनिक सम्पत्ति तोडफोड भए गोली चलाउनू
काठमाडौंका सीडीओको आदेश- सार्वजनिक सम्पत्ति तोडफोड भए गोली चलाउनू
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर