२ लाख माग्ने नक्कली इन्स्पेक्टरहरू पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८३
|
|
७० पटक हेरिएको
Shares
२ लाख माग्ने नक्कली इन्स्पेक्टरहरू पक्राउ

सारांश

  • काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ वीरेन्द्र चोकबाट ५ जना नक्कली इन्स्पेक्टरहरू पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका-२ घर भई काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका-१ घर भई काठमाडौंको कपन बसन् २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका-६ घर भई काठमाडौंको हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकको जगल गाउँपालिका-५ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका-२ घर भई काभ्रेको बनेपा बस्ने ३० वर्षीय हर्कसिंह भोलन रहेका छन् ।
  • प्रहरी चौकीमा सोधपुछका लागि बोलाइएका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

१३ मंसिर, काठमाडौं ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ वीरेन्द्र चोकबाट ५ जना नक्कली इन्स्पेक्टरहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका-२ घर भई काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका-१ घर भई काठमाडौंको कपन बसन् २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका-६ घर भई काठमाडौंको हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकको जगल गाउँपालिका-५ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका-२ घर भई काभ्रेको बनेपा बस्ने ३० वर्षीय हर्कसिंह भोलन रहेका छन् ।

प्रहरी चौकीमा सोधपुछका लागि बोलाइएका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूले गत १० कात्तिकमा प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाएका एक व्यक्तिलाई छुटाइ दिने भन्दै उनका भाइलाई २ लाख रुपैयाँ व्यवस्था गर्न भनेका थिए । साथै उनीहरूले होटलमा गरेको खर्च समेत तिर्न भनेका थिए ।

तर सोधपुछका लागि बोलाइएका ती व्यक्तिका भाइले भनेको नमानेपछि उनीहरूले धाक धम्की दिँदै मानसिक एवं आर्थिक तनाव दिएको भन्ने उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
यी गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा
यी गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
यस्ता छन् सर्वदलीय बैठकले गरेका तीन निर्णय
यस्ता छन् सर्वदलीय बैठकले गरेका तीन निर्णय
प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
दुनियाँबाट बिदा हुन अघि समाजवादको आधार तयार पारेरै छाड्छु : प्रचण्ड
दुनियाँबाट बिदा हुन अघि समाजवादको आधार तयार पारेरै छाड्छु : प्रचण्ड
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौं : मन्त्री पौडेल
योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौं : मन्त्री पौडेल
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य