अध्यादेशबारे विज्ञहरूको राय लिँदै राष्ट्रपति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८३
|
|
१०६ पटक हेरिएको
Shares
अध्यादेशबारे विज्ञहरूको राय लिँदै राष्ट्रपति

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेर जारी हुन बाँकी अध्यादेशबारे विषय विज्ञसँग छलफल गर्दैछन्।
  • राष्ट्रपतिकहाँ तीन वटा अध्यादेश छ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश र जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश र प्रेस काउन्सिल ऐन संशोधन सम्बन्धि अध्यादेश ।

१३ मंसिर, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेर जारी हुन बाँकी अध्यादेशबारे विषय विज्ञसँग छलफल गर्दैछन्। राष्ट्रपतिकहाँ तीन वटा अध्यादेश छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश र जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश र प्रेस काउन्सिल ऐन संशोधन सम्बन्धि अध्यादेश ।

२३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाहरूको छानबिन, मेलमिलाप, क्षतिपूर्ति तथा परिपूरण प्रदान गर्न गठन गरिने आयोगसम्बन्धी प्रस्तावित अध्यादेश मन्त्रिपरिषद्को मङ्सिर ४ गतेको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा पीडित भएका व्यक्ति तथा परिवारलाई न्याय, क्षतिपूर्ति र उचित परिपूरण उपलब्ध गराउने तथा गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो र व्यवस्थित रूपमा टुंग्याउने कानुनी आधार तयार गर्ने भनिएको अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनकै क्रममा छ ।

अदालतमा विचाराधीन रहेका मुद्दा तथा प्रहरी अनुसन्धानमा रहेका उजुरी संकलन गरी थप छानबिन गर्ने र पीडित तथा सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने विषय कति कानुन सम्मत छ वा छैन भनेर राष्ट्रपतिले विज्ञहरूको राय लिन लागेका हुन् ।

कर्तव्य ज्यान र योजनाबद्ध रूपमा हातहतियार प्रयोग गरी गरिएको चोरी जस्ता कसुरलाई गम्भीर अपराध र गम्भीर अपराधबाहेकका मुद्दा मेलमिलाप, क्षतिपूर्ति वा परिपूरणमार्फत टुंग्याउने विषय गम्भीर विषय रहेको र यो विषय अध्यादेशबाट अगाडि बढाउनु कति उचित छ भनेर राष्ट्रपतिले परामर्श लिन लागेका हुन् ।

साथै, राष्ट्रपतिकहाँ रहेको नेपालमा प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रेस तथा अभिव्यक्ति स्वतन्तासँग जोडिएको भनेर नेपाल पत्रकार महासंघ आन्दोलित छ ।

सरकारले कात्तिक १७ गते प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्ने अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो ।

यो पनि जारी भएको छैन । नेपाल पत्रकार महासंघले यो प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश फिर्ता नै लिन समेत माग राखेको छ।

सरोकारवाला पक्षसँग परामर्श नगरी अध्यादेश ल्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र संसदीय प्रक्रियाविपरीत भएको महासंघको ठहर छ ।

आफूहरूको माग सम्बोधन नभएको भनेर नेपाल पत्रकार महासंघले आइतबारदेखि यही मंसिर २० गतेसम्म दोस्रो चरणको आन्दोलन सुरु गरेको छ ।

यो पृष्ठभूमिमा राष्ट्रपतिले विज्ञहरूको राय लिन लागेका हुन् ।

को-को विज्ञसँग राय लिन लागिएको हो यसबारे राष्ट्रपतिको कार्यालयले केही खुलाएको छैन ।

बरु प्रेस स्वतन्त्रतासम्बन्धि गम्भीर विषयमा समेत सरोकार राख्ने विषय जोडिएको कानुन अध्यादेशबाट ल्याउने खोजेपछि राष्ट्रपति कार्यालय यसलाई अघि बढाउने कि नबढाउने दोधारमा छ । त्यसैले राष्ट्रपति कार्यालयका अधिकारीहरू भन्छन्, ‘विधेयक अध्ययनकै क्रममा छौं ।’

‘संविधानमा भएका मौलिक हक समेत जोडिएका विषयसँग सरोकार राख्ने विषयसँग सम्बन्धित कानुनहरू संसद्‌बाट नआइ अध्यादेशबाट आयो । त्यसैले यसमाथि अध्ययन हुँदैछ’, राष्ट्रपति कार्यालयका एक अधिकारीले   भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ : प्रचण्ड
एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ : प्रचण्ड
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब
शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब
लुम्बिनी प्रदेश प्रमुखद्वारा प्रदेशको सातौं अधिवेशन आह्वान
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
वन हेरालु महतोको टाउको घटनास्थल देखि १०० मिटर टाढा भेटियो
वन हेरालु महतोको टाउको घटनास्थल देखि १०० मिटर टाढा भेटियो
रवि लामिछाने तारिख बुझ्न कास्कीमा
रवि लामिछाने तारिख बुझ्न कास्कीमा
महावीर झण्डाको कलश यात्राका क्रममा सम्सीमा दुई समुदायबीच झडप, ३ जना घाईते
महावीर झण्डाको कलश यात्राका क्रममा सम्सीमा दुई समुदायबीच झडप, ३ जना घाईते
नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न
नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न