नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
३५ पटक हेरिएको
Shares
नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न

सारांश

  • नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक आज नयाँ दिल्लीमा सौहार्द्रपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
  • नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस.
  • मकवानाले गरेका थिए।

१३ साउन, काठमाडौैं ।

नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक आज नयाँ दिल्लीमा सौहार्द्रपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए।

बैठकले अगस्ट २०१९ मा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयनको समीक्षाका साथै सोही वर्षको सेप्टेम्बरमा सोही स्थानमा २०१९ मा  आयोजित ११ औँ नापी विभागका अधिकारी सम्मिलित समिति  बैठकको कार्य प्रगतिको समीक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको निरीक्षण र मर्मतसम्भारकासँग सम्बन्धित संयन्त्रका कामलाई अझ प्रभावकारी बनाउन सर्वेक्षण र नक्सांकनमा नयाँ प्रविधि अपनाउने  सहमति जनाएको छ ।

बैठक सहमतिपत्रमा हस्ताक्षरसँगै समापन भएको छ ।  दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आगामी महिना  नेपालमा र सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने  मितिमा नेपालमा गर्ने सहमति जनाएका मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन् २०१४ मा गठन भएको संयुक्त निकाय हो । यसलाई सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना र मर्मत र अन्य प्राविधिक कार्यहरू गर्ने कार्यादेश छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
मधेश प्रदेशसभामा सांसदले आफैंलाई दले मोसो
मधेश प्रदेशसभामा सांसदले आफैंलाई दले मोसो
गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने
गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने
पाकिस्तानले आकाशमै नष्ट गर्‍यो भारतीय ड्रोन
पाकिस्तानले आकाशमै नष्ट गर्‍यो भारतीय ड्रोन
जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छः सन्तोष परियार
जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छः सन्तोष परियार
एनआरएनए महाधिवेशन: विदेशस्थित नेपालीको सुरक्षा र राष्ट्र निर्माणमा लगानीको आग्रह
एनआरएनए महाधिवेशन: विदेशस्थित नेपालीको सुरक्षा र राष्ट्र निर्माणमा लगानीको आग्रह
प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य
प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य
सुधन गुरुङमाथि छानबिन गर्ने म्याद ५ दिन थपियो
सुधन गुरुङमाथि छानबिन गर्ने म्याद ५ दिन थपियो