नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा

सारांश

  • हङकङमा यसै साता सम्पन्न चारदेशीय टी–२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्किएको छ ।
  • नेपाली टोली १ स्थान तल झर्दै १८औं स्थानमा खस्किएको हो ।
  • नेपाल आफूभन्दा तल्लो वरीयतामा रहेको कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।

४ वैशाख, काठमाडौं ।

हङकङमा यसै साता सम्पन्न चारदेशीय टी–२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्किएको छ । नेपाली टोली १ स्थान तल झर्दै १८औं स्थानमा खस्किएको हो । नेपाल आफूभन्दा तल्लो वरीयतामा रहेको कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो । त्यस्तै अलराउण्डर दिपेन्द्रसिंह ऐरी पनि आईसीसी टी–२०आई अलराउण्डर वरीयतामा दोस्रोबाट तेस्रोमा झरेका छन् ।

हङकङ शृंखलामा राम्रो प्रदर्शन गर्दै उनी शीर्षमा पुग्ने धेरैको अपेक्षाविपरीत उनको वरीयता खस्किएको हो । उनी अब तेस्रोमा इंग्ल्याण्डका लियाम लिभिङस्टोनसँग समान २०९ रेटिङका साथ छन् । दीपेन्द्र खस्किंदा अस्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रोमा उक्लिएका छन् भने भारतका हार्दिक पाण्ड्या शीर्षमा यथावत् छन् । दीपेन्द्रको रेटिङ २३३ बाट २०९ मा झरेको हो । शीर्षका पाणड्याको २५२ तथा दोस्रोका स्टोइनिसको २१० रेटिङ छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?