अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?

सारांश

  •   प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.
  • अमरेशकुमार सिंहले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई विदेशीले दिने उपहार घरमा लैजान नपाउने व्यवस्था गर्न माग गरेका छन् ।
  • त्यस्ता उपहार संग्रहालय बनाएर राख्न उनले माग गरे ।

१४ वैशाख, काठमाडौं । 

प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई विदेशीले दिने उपहार घरमा लैजान नपाउने व्यवस्था गर्न माग गरेका छन् । त्यस्ता उपहार संग्रहालय बनाएर राख्न उनले माग गरे । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सिंहले प्रधानमन्त्री-मन्त्रीले सार्वजनिक पद धारण गरेको बेलाका उपहार

घरमा लगेर राख्ने गरेको भन्दै संग्रहालयमा राख्ने व्यवस्था गर्न माग गरेका हुन् । ‘कुनै देशको डिप्लोम्याट आउँदा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलाई दिएको उपहार घरमा लगिने गरिएको छ । डिप्लोम्टाले दिने सम्पत्ति मन्त्रीको निजी हुन्छ कि देशको सम्पत्ति ? मन्त्री विदेश जाँदा सरकारी कोषबाट  दिने, उपहार चाहिँ मन्त्रीले घरमा लाने ?’ सांसद सिंहले भने, ‘विदेशीले दिएका उपहार सबै पूर्वप्रधानमन्त्रीको घरमा भेटिन्छ । यो मानसिक भ्रष्टाचार हो । यसरी विदेशीबाट पाएको उपहार राज्यको हुन्छ, संग्रहालय बनाएर राखौं, भारतमा पनि यस्तै गरिन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायली  आक्रमणले बेरुतमा आठतले भवन ध्वस्त, २० व्यक्तिको मृत्यु
इजरायली आक्रमणले बेरुतमा आठतले भवन ध्वस्त, २० व्यक्तिको मृत्यु
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा राेक लगाउनुपर्ने जाँचबुझ आयोगको निर्णय
ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा राेक लगाउनुपर्ने जाँचबुझ आयोगको निर्णय
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
धनुषाको हिरासत फोडेर फरार ९ थुनुवामध्ये ७ पक्राउ
धनुषाको हिरासत फोडेर फरार ९ थुनुवामध्ये ७ पक्राउ
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा
विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा
कैलालीमा चितुवाको छालासहित एक युवक पक्राउ
कैलालीमा चितुवाको छालासहित एक युवक पक्राउ
प्रधानमन्त्री ओली चीनबाट स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली चीनबाट स्वदेश प्रस्थान
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन