सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आजदेखि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
४७ पटक हेरिएको
Shares
आजदेखि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

सारांश

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ।
  • उत्पादन र उत्पादकत्वको विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नाराका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ।
  • सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

 

२६ फागुन, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ। उत्पादन र उत्पादकत्वको विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नाराका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा विभिन्न विषयमा प्यानल डिसकसन समेत हुनेछ ।

आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागेको मन्त्रालयले जनाएको छ।  तीन तहका सरकार तथा निजी क्षेत्रको संलग्नता, औपचारिक तथा अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा र बिमाको विस्तार र वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप तथा पुँजीको उत्पादनशील क्षेत्रलाई सहयोग पुग्ने मन्त्रालयको दाबी छ । आप्रवासन सुशासनका आयाम, अनौपचारिक क्षेत्रको औपचारिककरण, आन्तरिक रोजगारी प्रवर्द्धन हुने मन्त्रालयको विश्वास छ।

रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी सम्मेलनमा ५ सय जनाको सहभागिता हुनेछ ।  सम्मेलनमा भएका छलफल र सुझाव बमोजिम सोह्र योजना तथा दिगो विकासका लक्ष्य प्राप्ति समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोचलाई साकार पार्न आवश्यक नीतिगत र कानुनी सुधार गरिनेछ ।  सरकारले यसअघि २०५४, २०६१, २०६९ र २०७६ सालमा रोजगार सम्मेलन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो
अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो
राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी
राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी
माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला
माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला
गोपालमान श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिए श्रद्धाञ्जली
गोपालमान श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिए श्रद्धाञ्जली
डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दीलाई सार्ने तयारी
डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दीलाई सार्ने तयारी
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
आलमको निधनप्रति रौतहटका दुई पालिकामा शोक बिदा
आलमको निधनप्रति रौतहटका दुई पालिकामा शोक बिदा
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
निजी विद्यालयको आन्दोलनका थप कार्यक्रम घोषणा, अरू २ संगठन पनि मिसिए
निजी विद्यालयको आन्दोलनका थप कार्यक्रम घोषणा, अरू २ संगठन पनि मिसिए
रविको हिरासतको फोटो सार्वजनिक गरेको अभियोग, ५० हजार धरौटीमा रिहा भए डा निकोलस
रविको हिरासतको फोटो सार्वजनिक गरेको अभियोग, ५० हजार धरौटीमा रिहा भए डा निकोलस