बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २४, २०८१
|
|
२३ पटक हेरिएको
Shares
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।
  • प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहित पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मुल्यवृद्धिलाई ध्यान दिएर ठेक्काहरूमा मूल्य समायोजनलगायतका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।
  • सो अवसरमा प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउने गरी काम गर्न आफूूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए ।

२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहित पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मुल्यवृद्धिलाई ध्यान दिएर ठेक्काहरूमा मूल्य समायोजनलगायतका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउने गरी काम गर्न आफूूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए ।

सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय ठाउँमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले गुणस्तरमा सम्झौता नगर्न निर्माण ब्यवसायीलाई आग्रह गरे । सरकारलाई गुणस्तर मापदण्ड पूूरा नभएका कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट गर्दै उहाँले लागत अनुमान गर्दा सम्भावित जोखिमलाई ध्यानमा राखिएको बताए । उनले सरकारले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै विगतमा भूकम्पपछिको पुननिर्माणलाई सफलतापूर्वक सम्पन्न गरेको स्मरण गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने
क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने
भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान भएकोमा खुशी छु : अध्यक्ष ओली
भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान भएकोमा खुशी छु : अध्यक्ष ओली
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
निजगढको एक होटलमा १९ वर्षीया युवती मृत फेला, हत्याको आशंकामा तीन जना पक्राउ
निजगढको एक होटलमा १९ वर्षीया युवती मृत फेला, हत्याको आशंकामा तीन जना पक्राउ
जेनजी आन्दोलन: प्रहरीको गोली लागेर तीन जनाको मृ*त्यु
जेनजी आन्दोलन: प्रहरीको गोली लागेर तीन जनाको मृ*त्यु
मर्मतका लागि विद्युत पोलमा चढेका कर्मचारीको करेन्ट लागेर मृ*त्यु
मर्मतका लागि विद्युत पोलमा चढेका कर्मचारीको करेन्ट लागेर मृ*त्यु
करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा
करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा
चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान
चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान
आईपीएल : धोनीको कप्तानीमा सिजनको पहिलो खेल खेल्दै चेन्‍नई
आईपीएल : धोनीको कप्तानीमा सिजनको पहिलो खेल खेल्दै चेन्‍नई