म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २३, २०८०
|
|
९९ पटक हेरिएको
Shares
म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल

सारांश

  • ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा रहेको मिनाक्षी खाद्य उद्योग सिल गरिएको छ ।
  • विभिन्न म्याद गुज्रिएका खाद्यसामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्रीवितरण गरी आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त उद्योगमा सिल गरेको हो ।
  • गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले सोमबार उक्त उद्योगमा अनुगमन गरेको थियो ।

२३ माघ, काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा रहेको मिनाक्षी खाद्य उद्योग सिल गरिएको छ ।

विभिन्न म्याद गुज्रिएका खाद्यसामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्रीवितरण गरी आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त उद्योगमा सिल गरेको हो । गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले सोमबार उक्त उद्योगमा अनुगमन गरेको थियो ।  अनुसन्धानका क्रममा मिति मेट्न प्रयोग गरिने स्प्रिट, मिति पुनर्लेखन गर्ने मेसिन र म्यादगुज्रेका फार्म सिटी ब्राण्डका कर्नफ्क्सन, ओट्सलगायत खाद्यवस्तु राख्नाका साथै बादसाह ब्राण्डको मिति सकिएका र नसकिएका मसाला एकै ठाउँमा राखिएको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । कैफियत गरेकाले उक्त उद्योगमा स्थानीय जनप्रतिनिधिको रोहबरमा र विभागको अनुसन्धान टोलीले सिल गरेको हो । उद्योगका सञ्चालकलाई विभागमा आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?