Press 4K
मंगलबार, ११ कार्तिक २०८३
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१९२ पटक हेरिएको
Shares
भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

सारांश

  • विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी ढिलासुस्ती हटाउन सरकारले महत्वपूर्ण नीतिगत सुधार अघि बढाएको छ ।
  • सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८३’ जारी गर्दै पुँजीगत बजेटको रकमान्तर गर्ने अधिकार सम्बन्धित मन्त्रालय तथा निकायका लेखा उत्तरदायी अधिकृत (सचिव वा प्रमुख) लाई प्रत्यायोजन गर्ने व्यवस्था गरेको हो ।
  • उक्त नियमावली वैशाख ७ गते नेपाल राजपत्रमा प्रकाशित भएसँगै लागू भएको छ ।

 

८ वैशाख,काठमाडौं ।

विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी ढिलासुस्ती हटाउन सरकारले महत्वपूर्ण नीतिगत सुधार अघि बढाएको छ । सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८३’ जारी गर्दै पुँजीगत बजेटको रकमान्तर गर्ने अधिकार सम्बन्धित मन्त्रालय तथा निकायका लेखा उत्तरदायी अधिकृत (सचिव वा प्रमुख) लाई प्रत्यायोजन गर्ने व्यवस्था गरेको हो ।

उक्त नियमावली वैशाख ७ गते नेपाल राजपत्रमा प्रकाशित भएसँगै लागू भएको छ । यसअघि स–साना रकमान्तरका लागि पनि अर्थ मन्त्रालयमै फाइल पठाउनुपर्ने बाध्यता थियो, जसका कारण प्रक्रिया महिनौँसम्म लम्बिन्थ्यो । परिणामस्वरूप निर्माण व्यवसायीहरूले काम सम्पन्न गरेपछि पनि समयमै भुक्तानी पाउन नसक्ने अवस्था सिर्जना हुँदै आएको थियो । अर्थ मन्त्रालयका अनुसार नयाँ व्यवस्थापछि सम्बन्धित मन्त्रालय वा निकायले आफैं आवश्यक रकमान्तर गरी भुक्तानी प्रक्रिया अघि बढाउन सक्नेछन् । यसले प्रशासनिक झन्झट घटाउने र कामको गति बढाउने अपेक्षा गरिएको छ ।

नियमावलीले मूल नियमावली २०७७ को नियम १३१ मा संशोधन गर्दै उपनियम (१क) र (१ख) थप गरेको छ । उपनियम (१क) अनुसार अर्थ मन्त्रालयले आर्थिक कार्यविधि ऐनको दफा २०(३) बमोजिम पुँजीगत रकम रकमान्तर गर्ने अधिकार लेखा उत्तरदायी अधिकृतलाई दिन सक्ने व्यवस्था गरिएको छ । यद्यपि, अधिकारसँगै जिम्मेवारी पनि तोकिएको छ । उपनियम (१ख) ले प्रत्यायोजित अधिकारको प्रयोगको पूर्ण जवाफदेहिता सम्बन्धित लेखा उत्तरदायी अधिकृतमै रहने स्पष्ट पारेको छ । यसले रकमान्तर निर्णयमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने विश्वास गरिएको छ ।

सरकारी अधिकारीहरूका अनुसार यो सुधारले पुँजीगत खर्चको कार्यान्वयन दर बढाउने, निर्माण क्षेत्रलाई चलायमान बनाउने तथा बजारमा तरलता प्रवाह बढाई सुस्त अर्थतन्त्रलाई गति दिने अपेक्षा गरिएको छ । साथै, निर्माण व्यवसायीहरूलाई समयमै भुक्तानी सुनिश्चित हुने भएकाले विकास आयोजनाहरू समयमै सम्पन्न हुने सम्भावना पनि बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुक सधैं यस्तो अवस्थामा रहिरहन सक्दैन, समाधान निकालौं : पूर्वराष्ट्रपति भण्डारी
मुलुक सधैं यस्तो अवस्थामा रहिरहन सक्दैन, समाधान निकालौं : पूर्वराष्ट्रपति भण्डारी
शेयर बजारमा दिनदिनै रेकर्ड- इतिहासकै सर्वाधिक कारोबार
मोटरसाइकलको ठक्करबाट एकको मृ*त्यु
मोटरसाइकलको ठक्करबाट एकको मृ*त्यु
बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
पाकिस्तानमा हमलापछि भारतका ११ विमानस्थलमा उडान सञ्चालन बन्द
पाकिस्तानमा हमलापछि भारतका ११ विमानस्थलमा उडान सञ्चालन बन्द
  तोकिएको समयमा निर्वाचन हुनैपर्छ : बिमलेन्द्र निधि
  तोकिएको समयमा निर्वाचन हुनैपर्छ : बिमलेन्द्र निधि
यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया समातिए
यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया समातिए
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...