खुला सीमाका कारण निकासी पैठारीमा चुनौति छः उद्योगमन्त्री भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
२० पटक हेरिएको
Shares
खुला सीमाका कारण निकासी पैठारीमा चुनौति छः उद्योगमन्त्री भण्डारी

सारांश

  • उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला सीमाका कारण निकासी पैठारीमा  चुनौतीहरु रहेको बताउनुभएको छ ।
  • आज राजधानीमा आयोजित ‘३१ औं कार्गो डे’ लाई  सम्बोधन गर्दै उहाँले खुला सीमाका कारणले चोरी निकासी भइरहेको र कराडौं राजश्व समेत गुमिरहेको बताउनुभएको हो ।
  • मन्त्री भण्डारीकाअनुसार खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ ।

१३ साउन, काठमाडौं ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला सीमाका कारण निकासी पैठारीमा  चुनौतीहरु रहेको बताउनुभएको छ । आज राजधानीमा आयोजित ‘३१ औं कार्गो डे’ लाई  सम्बोधन गर्दै उहाँले खुला सीमाका कारणले चोरी निकासी भइरहेको र कराडौं राजश्व समेत गुमिरहेको बताउनुभएको हो । मन्त्री भण्डारीकाअनुसार खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ । उद्योगमन्त्री भण्डारीले अब व्यवसायहरुलाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँकाअनुसार छिमेकी मुलुकहरुसँगको ब्यापारी सम्बन्धलाई वृद्धिसँगै व्यवस्थित गर्न सरकार गम्भीर छ । उद्योगमन्त्री भण्डारीले भन्नुभयो–  ‘खुला सीमाका कारणले चोरी निकासी भइरहेको र कराडौं राजश्व समेत गुमिरहेको छ । खुला सीमाका कारण बढिरहेको चुनौतीका बारेमा सरकार गम्भीर रहेको छ । चोरी निकासीबाट भन्दा पछि अधिकतम रुपमा भन्सार बिन्दु हुँदै वैधानिक बाटाबाट कसरी समानहरु भित्राउने भन्नेमा हामी लागिरहेका छौं । व्यापारलाई सहजिकरण गर्ने नीति सरकारले अख्तियार गरेको छ ।’ मन्त्री भण्डारीले निकासी पैठारी सम्बन्धि पुराना कानूनहरुलाई सरकारले समयानुकुल परिवर्तन गर्नका लागि संसदमा संशोधनको प्रस्ताव दर्ता गराई सकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्’
‘जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्’
स्वास्थ्य मन्त्रालयले सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने
स्वास्थ्य मन्त्रालयले सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने
तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द
तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द
अफताव आलमको रिहाइबारे नारायणकाजीको कडा टिप्पणी– नेपालको न्यायालयको इतिहासमा कलंक
अफताव आलमको रिहाइबारे नारायणकाजीको कडा टिप्पणी– नेपालको न्यायालयको इतिहासमा कलंक
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
अश्लिल भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा २ जना पक्राउ
अश्लिल भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा २ जना पक्राउ
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्यवृद्धि
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्यवृद्धि
मुग्लिन-नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए
मुग्लिन-नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए
निजामती विधेयकमा नासुहरूको विरोध, सिंहदरबारभित्रै धर्ना
निजामती विधेयकमा नासुहरूको विरोध, सिंहदरबारभित्रै धर्ना
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो