जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन् ।
  • आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने बताए ।
  • जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्ने पनि उनको प्रतिबद्धता छ ।

 

६ पुष, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने बताए । जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्ने पनि उनको प्रतिबद्धता छ ।

उनले भने, ‘जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी छ । जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुदैँन् । सिंहदरबार बदल्न बाँकी छ र त्यो क्रान्तिबाट मात्र सम्भव छ । हामीलाई विश्वास छ, हाम्रो नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने छ । अर्थात जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्नेछौं ।’यस्तै, उनले यात्राको क्रममा आफ्नै कारण वा जुनसुकै कारणले पनि छुटिएर गएका साथीहरुलाई शुभकामना व्यक्त गर्दै उनीहरुले धेरै गुण लगाएर गएको बताए । उनले भने, ‘यात्राका क्रममा हामीले सबैलाई समेट्न सकेनौ होला । तर उहाँहरुले हाम्रो पार्टीमा दिनु भएको योगदानको सँधै स्मरण गरिरहने छु । उहाँहरुलाई धन्यवाद दिइरहनेछु । हामीले धेरै केही गर्न सकेनौ तर उहाँहरूले धेरै गरेर जानुभएको छ ।

सिकाएर जानुभएको छ । हामीलाई धेरै उपलब्धीहरुमा साथ दिनुभएको छ । केही गर्न नसके पनि उहाँहरूले दिनु भएको योगदान त हाम्रो मनमा छ । यात्राको क्रममा आफ्नै कारण वा जुनसुकै कारणले पनि छुटिएर जानु भएकाहरुलाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु । धेरै गुण लगाएर जानु भएको छ, ऋणि रहनेछु ।’ उनले आफूसँग एक मुठ्ठी सास र सत्यको साहस मात्रै बाँकी रहेको भन्दै सत्यको सँधै विजय हुने बताए । उनले भने, ‘म माथि अन्यायका श्रीखंलाहरु बाँकी नै छन् । तर मलाई विश्वास छ, आजसम्म सत्य हारेको छैन् । त्यसकारण अब पनि हार्दैन् भन्ने कुरामा विश्वास छ । त्यो विश्वासले जिल्लैपिछे मुद्दा लगाउँदा पनि छाडेको छैन्, कारागारमा लैजाँदा पनि छाडेको छैन् । यही एउटा विश्वास छ । मसँग बाँकी रहेको एक मुठ्ठी सास र सत्यको साहस मात्रै हो । अरु मसँग केही पनि बाँकी छैन् । तर सत्यको साथ र साहस भयो भने बाँकी केही कुरा चाहिदो रहेनछ ।’ उनले चौतर्फि हमलाको बीचमा पनि पार्टीलाई अगाडि बढाउनको लागि काम गरेका सबैलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
चार दिनपछि सेयर बजारमा करेक्सन, ८ अर्बको कारोबार
चार दिनपछि सेयर बजारमा करेक्सन, ८ अर्बको कारोबार
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु
ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने
यी १४ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
यी १४ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
सुरु भयो तिहार, आज धनतेरस मनाईदै
सुरु भयो तिहार, आज धनतेरस मनाईदै
ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु
ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो