चार दिनपछि सेयर बजारमा करेक्सन, ८ अर्बको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १३, २०८१
|
|
७५ पटक हेरिएको
Shares
चार दिनपछि सेयर बजारमा करेक्सन, ८ अर्बको कारोबार

सारांश

  • साताको चारदिन निरन्तर उकालो लागेको नेप्से परिसूचक आज ८.
  • ३० अंकले घटेको हो।
  • साताको चार कारोबार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार नेप्से परिसूचकले निरन्तर उकालो यात्रा तय गरेको थियो।

 

१३ मंसिर, काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजारमा एकल अंकको करेक्सन आएको छ। साताको चारदिन निरन्तर उकालो लागेको नेप्से परिसूचक आज ८.३० अंकले घटेको हो।

साताको चार कारोबार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार नेप्से परिसूचकले निरन्तर उकालो यात्रा तय गरेको थियो। नेप्से परिसूचक आइतबार १३  सोमबार १५ ,मंगलबार ३३ र बुधबार ३८.८१ अंकले बढेर बन्द भएको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा  घटेको छ। बुधबार ९ अर्ब माथिको सेयर कारोबार भएको थियो। आज ३०७ स्क्रिप्सको १ करोड ६६  लाख ६३ हजार ३५५ कित्ता सेयर ८ अर्ब  ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँमा खरिदबिक्री भए।

एकल अंकले घटेको सेयर बजारमा दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बिशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर ९.९८ प्रतिशतले बढ्दा पाँचथर पावरको ८.३३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.११ प्रतिशतले बढेको हो। आज मानुषी लघुवित्त वित्तीयका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका  आधारमा एक्सेल डेभलपमेन्ट बैंक शीर्षस्थानमा रह्यो।

सो कम्पनीले ३१ करोड मूल्य बराबरको सेयर कारोबार गर्‍यो। नेपाल फाइनान्सको २९ करोडको सेयर कारोबार हुँदा मितेरी डेभलपमेन्ट बैंकक २७ करोड,जानकी फाइनान्सको २३ करोड र नगदी ग्रुपको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ५० स्टक्सको मूल्य बढ्दा १९४ वटाको घट्यो । १३ वटा समूहको उपसूचक घट्दा ३ वटाको मात्रै बढ्यो। डेभलपमेन्ट बैंक,लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहका उपसूचक सकारात्मक देखिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?