Press 4K
मंगलबार, ३० भाद्र २०८३

बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता हो : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १५, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता हो : ओली

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न नसक्ने बताएका छन् ।
  • मंगलबार काठमाडौंमा आयोजित एमालेको ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले बलियासँग लड्नको लागि दुब्लाले एकता नै गर्ने भन्दै विशाल एमाले देखेपछि कुखुरा, बाख्राको मोर्चा बनेको बताए ।
  • उनले भने, ‘यसो हेर्दा विशाल एमाले देखेपछि तिमी र म मिलौं भन्या छ, उसँग पनि मिलौं भन्या छ ।

काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एमालेको ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले बलियासँग लड्नको लागि दुब्लाले एकता नै गर्ने भन्दै विशाल एमाले देखेपछि कुखुरा, बाख्राको मोर्चा बनेको बताए । उनले भने, ‘यसो हेर्दा विशाल एमाले देखेपछि तिमी र म मिलौं भन्या छ, उसँग पनि मिलौं भन्या छ ।

विशाल एमालेसँग भीड्नु छ अनि मिलौं भनिएको छ । कुखुरा र बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघ र सिंहको शिकार हुन्छ र ? प्रतिस्पर्धा हुन्छ ? दुब्लाको काम नै मोर्चा गर्ने हो । बलियासँग लड्नको लागि दुब्लाले गर्ने नै एकता हो, आज पनि एउटा एकता हुन्छ राति सम्ममा, भोलि पनि हुन्छ ।’ यस्तै, उनले चुनाव आउनु अगाडि नै प्रधानमन्त्री बनाइसकेको टिप्पणी गर्दै यसको जवाफ दिने प्रतिक्षाका साथ तयारी पनि गरिरहेको बताए । उनले भने, ‘महाधिवेशनले अर्को एउटा अवसरमा जवाफ दिने प्रतिक्षाका साथ तयारी पनि गरेको छ । त्यो भनेको देशमा को लोकप्रिय छ भन्ने अलिकति चर्चा निर्वाचनसम्म नै रहन्छ । प्रधानमन्त्री बनाइसके मान्छेले, हामी चुनाव पर्खिरहेका छौं । कहिले होला ? फागुन २१ मा होला वा बैशाखमा होला वा अर्को मंसिरमा होला हामी पर्खिरहेका छौं ।’ महाधिवेशले जसरी धेरै कुराहरुको जवाफ दिएको थियो त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने भन्दै त्यसका लागि तयार छौ भन्ने कुराको सन्देश पनि महाधिवेशले दिएको उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  तोकिएको समयमा निर्वाचन हुनैपर्छ : बिमलेन्द्र निधि
  तोकिएको समयमा निर्वाचन हुनैपर्छ : बिमलेन्द्र निधि
रूपन्देहीको तिलोत्तमामा स्कारपियो ठोक्किँदा एकको मृत्यु, पाँचजना घाइते
रूपन्देहीको तिलोत्तमामा स्कारपियो ठोक्किँदा एकको मृत्यु, पाँचजना घाइते
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति
विद्यालय शिक्षा विधेयकका सबै बुँदामा सहमति
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स ह*त्या, गहना पनि लुटियो
धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स ह*त्या, गहना पनि लुटियो
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा
८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा
माघदेखि पाँच लाखभन्दा बढी नगद कारोबार गर्न नपाइने, नागरिकलाई पर्नेछ यस्तो असर
माघदेखि पाँच लाखभन्दा बढी नगद कारोबार गर्न नपाइने, नागरिकलाई पर्नेछ यस्तो असर

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...