कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण २५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग

सारांश

  • विपक्षी दलहरूले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।
  • सभामा प्रतिवेदन पेस भएसँगै कार्यान्वयनमा जानुपर्ने भनेर विपक्षी दलहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गरेका छन् ।
  • आफूहरूले औपचारिक रुपमै सभामा प्रतिवेदन पेस भएपछि कार्यान्वयनमा लैजान सभाबाट नै भनेको बताउँछन् प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे ।

२५ साउन, काठमाडौं ।

विपक्षी दलहरूले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् । सभामा प्रतिवेदन पेस भएसँगै कार्यान्वयनमा जानुपर्ने भनेर विपक्षी दलहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गरेका छन् । आफूहरूले औपचारिक रुपमै सभामा प्रतिवेदन पेस भएपछि कार्यान्वयनमा लैजान सभाबाट नै भनेको बताउँछन् प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे ।

‘छानबिन प्रतिवेदन संसद्‍मा पेस भएको छ । लगत्तै हामीले उक्त प्रतिवेदन दतारुकताका साथ कार्यान्वयनमा लैजान भनेका छौं’, पाण्डेले जानकारी दिए । प्रतिनिधि सभाको बैठक यही साउन २७ गते बस्दैछ । कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन प्रतिवेदन यही साउन २० गते प्रतिनिधि सभामा पेस भएको थियो । प्रतिवेदनले विधेयकमाथिको दफावार छलफलमा गर्नुपर्ने सुधार, संसद सचिवालयले गर्नुपर्ने तयारी, सांसदहरूले ध्यान दिनुपर्ने लगायतका विषय समेत समावेश रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा
काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा
भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा
अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो
अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित