आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १८, २०८३
|
|
४३५ पटक हेरिएको
Shares
आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने

सारांश

  • आज स्थानान्तरण गरिएका सुकुमवासीलाई पाँच ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।
  • बल्खु, वंशीघाट, बालाजु, शंखमुललगायतका क्षेत्रमा रहेका सुकुमवासीका घर टहरा आज भत्काइएको छ ।
  •  ती स्थानबाट सुकुमवासी स्थानान्तरण गरिने सुकुमवासीहरूलाई पाँच स्थानमा राख्ने व्यवस्था गरिएको छ ।

१८ वैशाख, काठमाडौं ।

आज स्थानान्तरण गरिएका सुकुमवासीलाई पाँच ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । बल्खु, वंशीघाट, बालाजु, शंखमुललगायतका क्षेत्रमा रहेका सुकुमवासीका घर टहरा आज भत्काइएको छ । ती स्थानबाट सुकुमवासी स्थानान्तरण गरिने सुकुमवासीहरूलाई पाँच स्थानमा राख्ने व्यवस्था गरिएको छ । तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ ।

सुकुमवासीलाई अस्थायी बसोवास गर्ने स्थानमा लैजानुअघि दशरथ रंगशालामा विवरण टिपाउने कार्य भइरहेकाे छ । अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराएको जानकारी गराइएको छ ।रंगशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले विवरण संकलनको कार्य गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...