रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
२० पटक हेरिएको
Shares
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने

सारांश

  • जिल्ला प्रहरी कार्यालय कास्कीले यसरी अनधिकृत रुपमा तस्बिर सार्वजनिक गर्नेलाई साइबर अपराधसम्बन्धी कानुनी प्रावधान गरिएको अभियोगमा मुद्दा चलाइने जनाएको हो ।
  • हिरासत कक्षमा लामिछाने सुतिरहेको तस्बिर सार्वजनिक भएपछि प्रहरीको आलोचना भइरहेको छ ।
  • यस्तोमा जिप्रका कास्कीका सूचना अधिकारी एवम् डीएसपी वसन्तकुमार शर्माले तस्बिर सार्वजनिक गर्नेलाई कारबाही थालिने बताएका हुन् ।

४ पुस, पोखरा- सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा गत कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई साइबर अपराधसम्बन्धी मुद्दा चलाइने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले यसरी अनधिकृत रुपमा तस्बिर सार्वजनिक गर्नेलाई साइबर अपराधसम्बन्धी कानुनी प्रावधान गरिएको अभियोगमा मुद्दा चलाइने जनाएको हो । हिरासत कक्षमा लामिछाने सुतिरहेको तस्बिर सार्वजनिक भएपछि प्रहरीको आलोचना भइरहेको छ । यस्तोमा जिप्रका कास्कीका सूचना अधिकारी एवम् डीएसपी वसन्तकुमार शर्माले तस्बिर सार्वजनिक गर्नेलाई कारबाही थालिने बताएका हुन् । शर्माले सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नु पर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई उल्लंघन गरिएको जनाएका छन् ।

अनधिकृत रुपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने जोकोही व्यक्तिलाई कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने उनले बताएका छन् ‘नेपालको संविधान एवम् प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवम् प्रमाणमुखी अनुसन्धान गर्न प्रहरी प्रतिबद्ध छ ।’, उनले भनेका छन् । शर्माका अनुसार यो तस्बिर सबैभन्दा पहिले डा. निकोलश भुसाल नामको फेसबुक पेजबाट सार्वजनिक भएको हो ।

‘जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको अवस्थाको जस्तो अस्पष्ट देखिने तस्बिर केही दिनअगाडि सामाजिक सञ्जालमा हाल चालु रहेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकरात्मक प्रभाव पार्नेगरी फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यवसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको अनधिकृत तस्बिरप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, शर्माले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योग क्षेत्रको विकासका लागि स्रोतसाधन परिचालन गरिने
उद्योग क्षेत्रको विकासका लागि स्रोतसाधन परिचालन गरिने
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल
बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति
विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा 
पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा 
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा
काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा