Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १७, २०८१
|
|
४८ पटक हेरिएको
Shares
कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ

सारांश

  • कञ्चनपुरमा एकलाख बढी रकमसहित प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
  • बुधबार राति भिमदत्त नगरपालिका–१४ को बनकट्टीमा स्थानीय अमरसिंह कुवँरको बाझो कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
  • पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती, ३५ वर्षीय बसन्त कुवँर, ४५ वर्षीय गौरख कुवँर, ५२ वर्षीय रोशन बिष्ट, ५४ वर्षीय मणीराज कुवँर, ३८ वर्षीय शरेबहादुर कुवँर रहेका छन् ।

 

१७ असोज, धनगढी। कञ्चनपुरमा एकलाख बढी रकमसहित प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बुधबार राति भिमदत्त नगरपालिका–१४ को बनकट्टीमा स्थानीय अमरसिंह कुवँरको बाझो कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती, ३५ वर्षीय बसन्त कुवँर, ४५ वर्षीय गौरख कुवँर, ५२ वर्षीय रोशन बिष्ट, ५४ वर्षीय मणीराज कुवँर, ३८ वर्षीय शरेबहादुर कुवँर रहेका छन् ।

यस्तै भिमदत्त नगरपालिका–३ तिलकपुर बस्ने ४२ वर्षीय जगतबहादुर धामी ,३८ वर्षीय राजेन्द्र तिवारी, शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३४ वर्षीय दिपक बोहरा, धनगढी उपमहानरपालिका–२ बस्ने ४४ वर्षीय पदम भाट, धनगढी–७ बस्ने २९ वर्षीय गौतम बिष्ट र गौरीगंगा नगरपालिका–४ बस्ने ४५ वर्षीय जगतबहादुर धामी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?