शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक र असमायिक प्रवित्तिहरु प्रकट भइरहेको बताएका छन् ।
  • नेपाल प्रगगतिशिल प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनमा बोल्दै उनले देशमा प्रतिगामी प्रवृत्ति, अति दक्षिणपन्थी र उग्र वामपन्थ प्रकट भइरहेको बताएका हुन् ।
  • उनले भने, ‘हामीले मिसन ८४ भनेका छौं ।

८ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक र असमायिक प्रवित्तिहरु प्रकट भइरहेको बताएका छन् । नेपाल प्रगगतिशिल प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनमा बोल्दै उनले देशमा प्रतिगामी प्रवृत्ति, अति दक्षिणपन्थी र उग्र वामपन्थ प्रकट भइरहेको बताएका हुन् । उनले भने, ‘हामीले मिसन ८४ भनेका छौं । मिसल त्यत्तिकै भनिएको होइन । देशका विभिन्न प्रकारका विकृति, विसंगतीहरु, हानिकारक र असमायिक प्रबृत्तिहरुको अन्त्यका लागि भनिएको हो ।’ साथै उनले सुन्दर समाज सिर्जना गर्न दक्ष जनशक्ति निर्माण गर्नुपर्ने बताए । उनले दक्ष जनशक्ति निर्माण गर्न लोकतन्त्र चाहिने बताए । ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर शिक्षकहरुलाई विद्यालयमा फर्कन आव्हान गरेका छन् ।

उनले सरकार दमनकारी नभइ लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए । ‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । ऐन ल्याउनकै लागि भनेर यत्रा धेरै शिक्षकहरु सकडमा आउनु पर्दैन । भर्ना अभियान सुरु भइसकेकाले । कृपया विद्यालयमा गएर भर्ना सुरु गर्नुहोस । एसइइको उत्तरपुस्तिका परीक्षण गर्नुस् । एसइइमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस् । गुणस्तरीय शिक्षाका लागि लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरुको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ । शिक्षकहरुलाई लाभ छैन । त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्वहरु सल्बनाएका बेला आन्दोलन गर्ने उपयुक्त समय पनि होइन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
गोरखामा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते
गोरखामा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
विरामीको मृत्युपछि मणिपालमा चिकित्सकमाथि हातपात
विरामीको मृत्युपछि मणिपालमा चिकित्सकमाथि हातपात
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश
विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश
सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?
सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?
महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु