प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने ललित पहिलो खेलाडी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १२, २०८१
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने ललित पहिलो खेलाडी

सारांश

  • उनी प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।
  • बायाँ हाते स्पिनर ललितले ४० इनिङ्स खेल्दै १०३ विकेट लिएका हुन्।
  • उनले प्रधानमन्त्री कप २०८१ मा कर्णाली प्रदेशसँगको खेलमा ६ विकेट लिँदै आफ्नो १०० विकेटको कोशेढुंगा पूरा गरेका हुन्।

 

काठमाडौं :प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। बायाँ हाते स्पिनर ललितले ४० इनिङ्स खेल्दै १०३ विकेट लिएका हुन्।

उनले प्रधानमन्त्री कप २०८१ मा कर्णाली प्रदेशसँगको खेलमा ६ विकेट लिँदै आफ्नो १०० विकेटको कोशेढुंगा पूरा गरेका हुन्। उनले यस प्रतियोगितामा ८ खेलमा ३६ विकेट लिएका छन्। उनले ८ खेलमा पाँचभन्दा माथि विकेट लिएका छन्।

उनलाई पछ्याउँदै आर्मीका साहब आलम पनि ४६ इनिङ्समा ९९ विकेट लिएका छन्। प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सुदूरपश्चिम प्रदेशका शेर मल्ल तेस्रो स्थानमा रहेका छन्। उनले ३५ इनिङ्समा ६९ विकेट लिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?