पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २, २०८१
|
|
३६ पटक हेरिएको
Shares
पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते

सारांश

  • नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार साउनदेखि मंसिरसम्मको आगलागीको घटनामा परेर मृत्यु हुनेमा ५ पुरुष र ११ महिला छन् ।
  • त्यस मध्ये एक जना बालिका हुन् ।
  • घाइते हुनेहरूमा भने ७२ जना पुरुष र ७३ जना महिला रहेका छन् ।

२ माघ,  काठमाडौँ — पछिल्लो पाँच महिनामा देशभर भएका आगलागीका घटनाबाट १६ जनाले ज्यान गुमाएका छन् भने १४५ जना घाइते भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार साउनदेखि मंसिरसम्मको आगलागीको घटनामा परेर मृत्यु हुनेमा ५ पुरुष र ११ महिला छन् ।त्यस मध्ये एक जना बालिका हुन् । घाइते हुनेहरूमा भने ७२ जना पुरुष र ७३ जना महिला रहेका छन् ।

त्यसमध्ये ३ जना बालक र ५ जना बालिका हुन् । २९ जना भने आगलागीबाट विस्थापित भएका छन् । यो समयमा देशभरि १ हजार १ सय १६ वटा आगलागीका घटना भएका थिए ।प्रहरीका अनुसार आगलागीबाट ४ सय ५५ वटा पशु चौपायामा क्षति पुगेको छ । भौतिक क्षति तर्फ १ सय ९० वटा घर, १ सय ३० गोठ र १ सरकारी कार्यालयमा क्षति पुगेको छ। आगलागीबाट पाँच महिनामा देशिरी ४९ करोड ९० लाख २८ हजार ३ सय ३० रुपैयाँ आर्थिक क्षति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशसभा : बजेट अधिवेशन सुरु
कोशी प्रदेशसभा : बजेट अधिवेशन सुरु
माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा
शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर
गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्रीछन् : मेयर महर्जन
ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्रीछन् : मेयर महर्जन
सोलुखुम्बुको थामेमा पोखरी फुटेर बाढी आएको पुष्टि
सोलुखुम्बुको थामेमा पोखरी फुटेर बाढी आएको पुष्टि
सर्लाहीमा ट्र्याक्टर र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, अर्का एक घाइते
सर्लाहीमा ट्र्याक्टर र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, अर्का एक घाइते