अहिले पनि कम्युनिष्ट एकताको झण्डा बोकिरहेकै छु : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
४५ पटक हेरिएको
Shares
अहिले पनि कम्युनिष्ट एकताको झण्डा बोकिरहेकै छु : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि आफू कम्युनिष्टहरूको एकताका लागि झण्डा बोकेर हिँडिरहेको बताएका छन् ।
  • कम्युनिष्ट आन्दोलनमा आफ्नो ३६ वर्षीय लामो भूमिकाको स्मरण गर्दै उनले यस्तो बताएका हुन् ।
  • पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले विद्रोह, शान्ति प्रक्रिया र पार्टी एकताका लागि आफूले नेतृत्व गरेको बताए ।

७ साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि आफू कम्युनिष्टहरूको एकताका लागि झण्डा बोकेर हिँडिरहेको बताएका छन् । कम्युनिष्ट आन्दोलनमा आफ्नो ३६ वर्षीय लामो भूमिकाको स्मरण गर्दै उनले यस्तो बताएका हुन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले विद्रोह, शान्ति प्रक्रिया र पार्टी एकताका लागि आफूले नेतृत्व गरेको बताए ।

उनले पुष्पलालको श्रद्धाका लागि पनि कम्युनिष्ट आन्दोलनलाई एक बनाउन लाग्नुपर्ने पनि बताए । कहिले विद्रोह, कहिले शान्ति प्रक्रिया, कहिले पार्टी एकता- यी सबैमा मैले नेतृत्व गरेको हुँ । अहिले पनि म कम्युनिष्टहरूको एकताको झण्डा बोकेको छु,’ प्रचण्डले भने । वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्नेमा प्रचण्डले जोड दिए ।

अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका साझा व्यक्तित्वका रूपमा पुष्पलाललाई स्मरण गर्नुपर्ने उनले बताए । ‘पुष्पलाल हामी सबैको साझा केन्द्र हुनुहुन्छ। उहाँलाई केन्द्रमा राखेर सच्चा कम्युनिष्टहरूले पार्टी एकता र मोर्चा निर्माण गर्नु आजको आवश्यकता हो,’ प्रचण्डले भने । पुष्पलाललाई जनयुद्धका क्रममा सम्मान गर्ने गरी नै आफूले दस्तावेज लेखेको प्रचण्डको भनाइ थियो । अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि पुष्पलालको विचारलाई मूल मार्गदर्शक मान्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेटा गाउपालिकामा वडा स्तरीय सुधार समिति गठन
फेटा गाउपालिकामा वडा स्तरीय सुधार समिति गठन
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
चीनका पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृ*त्युदण्ड
चीनका पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृ*त्युदण्ड
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
भौतिक पुनर्निर्माण कोषमा निर्माण व्यवसाय विकास परिषद्‍को एक करोड सहयोग
भौतिक पुनर्निर्माण कोषमा निर्माण व्यवसाय विकास परिषद्‍को एक करोड सहयोग
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
बागमती प्रदेशसभाको सर्वदलीय बैठक सुरु
बागमती प्रदेशसभाको सर्वदलीय बैठक सुरु
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ