निर्वाण चौधरी र टाटा पावर सीईओले गरे मन्त्री श्रेष्ठसँग भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८३
|
|
८९ पटक हेरिएको
Shares
निर्वाण चौधरी र टाटा पावर सीईओले गरे मन्त्री श्रेष्ठसँग भेट

सारांश

  • चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले टाटा पावरका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (एमडी तथा सीईओ) प्रविर सिन्हालाई लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग सिंहदरबारमा भेट गरेका हुन्।
  • चौधरीले फेसबुकमार्फत भेटबारे जानकारी दिँदै ऊर्जा क्षेत्रको विकासमा मन्त्री श्रेष्ठको ज्ञान र सहकार्यप्रति देखाएको खुलापनको प्रशंसा गरेका छन्।
  • उनले नेपालमा ऊर्जा क्षेत्रको विकास र आर्थिक वृद्धिको आगामी चरणलाई अघि बढाउन सीजी इनर्जी र टाटा पावर सहकार्यका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

चौधरी ग्रुप (सीजी) र भारतको टाटा पावरले नेपालको ऊर्जा क्षेत्रको विकास तथा आगामी आर्थिक वृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले टाटा पावरका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (एमडी तथा सीईओ) प्रविर सिन्हालाई लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग सिंहदरबारमा भेट गरेका हुन्।

चौधरीले फेसबुकमार्फत भेटबारे जानकारी दिँदै ऊर्जा क्षेत्रको विकासमा मन्त्री श्रेष्ठको ज्ञान र सहकार्यप्रति देखाएको खुलापनको प्रशंसा गरेका छन्।

उनले नेपालमा ऊर्जा क्षेत्रको विकास र आर्थिक वृद्धिको आगामी चरणलाई अघि बढाउन सीजी इनर्जी र टाटा पावर सहकार्यका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

‘नेपालको आगामी विकास र वृद्धिलाई ऊर्जा दिन टाटा पावर र सीजी इनर्जी प्रतिबद्ध छन्,’ चौधरीले फेसबुकमा लेखेका छन्।

सीजी र टाटा पावरबीचको सहकार्यले नेपालको ऊर्जा क्षेत्रमा लगानी, विकास तथा दीर्घकालीन साझेदारीका सम्भावनालाई थप बल दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ किलो लागू औषधसहित सल्यानमा दुई जना पक्राउ
३ किलो लागू औषधसहित सल्यानमा दुई जना पक्राउ
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित
अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित
अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
प्रिसा मृत्युबारे ओडिसा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेशमन्त्रालय
प्रिसा मृत्युबारे ओडिसा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ : भारतीय विदेशमन्त्रालय
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा नि*धन
शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा नि*धन
सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हिरासतमा
सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हिरासतमा
प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित