Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
८५ पटक हेरिएको
Shares
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित

सारांश

  • पोखरामा आयोजित प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) को दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त पुरस्कार प्रदान गरे।
  • त्यस अवसरमा मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट अवार्डबाट पुरस्कृत गरियो।
  •  पानले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट पालिका पुरस्कार यसपटक मौलापुर नगरपालिकाले प्राप्त गरेको हो।

रौतहटको मौलापुर नगरपालिका मधेस प्रदेशभित्र शिक्षा क्षेत्रमा उत्कृष्ट भएको छ। पोखरामा आयोजित प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) को दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त पुरस्कार प्रदान गरे। त्यस अवसरमा मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट अवार्डबाट पुरस्कृत गरियो।  पानले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट पालिका पुरस्कार यसपटक मौलापुर नगरपालिकाले प्राप्त गरेको हो।


शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्ड पूरा गरेको मौलापुर नगरपालिका मधेस प्रदेशकै उत्कृष्ट ठहरिएको आयोजकले जनाएको छ।मौलापुरको नगरले विकास बजेटको ४३ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा लगानी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए। गत वर्षको माध्यामिक शिक्षा परीक्षामा मौलापुर नगरपालिकाका ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। आम जनता पार्टीकी नेत्री साह दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका हुन्। समग्रमा मधेस प्रदशेमा एसइई उतीर्ण प्रतिशत ३० मात्रै रहकेो छ।मौलापुरले लिएको शून्य कर नीतिको देशव्यापीरुपमा चर्चा हुँदै आएको छ। नगरपालिकाले कृषि तथा घरायसी प्रयोजनका लागि विद्युत् र पानीको महसुस निःशुल्क बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको छटपटी बढेको छ, बोलीमा तथ्य होइन कुण्ठा देखिन्छ : पोखरेल
प्रचण्डको छटपटी बढेको छ, बोलीमा तथ्य होइन कुण्ठा देखिन्छ : पोखरेल
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
सार्वजनिक यातायात र हवाई टिकट दुबै पाउन मुस्किल
सार्वजनिक यातायात र हवाई टिकट दुबै पाउन मुस्किल
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
घट्यो सुनको मुल्य, आज कतिमा हुदैछ कारोबार ?
घट्यो सुनको मुल्य, आज कतिमा हुदैछ कारोबार ?
पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत
पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र
१८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
१८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै सुदूरपश्चिम
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै सुदूरपश्चिम