पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
२९ पटक हेरिएको
Shares
पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत

सारांश

  • गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले नेपालमा बढ्दो बेरोजगारी, सीमित पर्यटक आगमन र अन्तर्राष्ट्रिय उडान क्षमताको अभावलाई देशको प्रमुख चुनौतीका रूपमा प्रस्तुत गर्दै पर्यटन क्षेत्रलाई रुपान्तरण गर्न ‘इण्टरकन्टिनेन्टल फ्लाइट हब’ बनाउने रणनीति अघि सारेका छन् ।
  • मंगलबार पोखरामा आयोजित ‘पर्यटनमय पोखरा’ कार्यक्रममा बोल्दै बस्नेतले बेरोजगारीले देशमा असन्तुष्टि र सामाजिक समस्या बढाइरहेको उल्लेख गर्दै रोजगारी सिर्जनाका तीन मुख्य आधार—पर्यटन, कृषि र सूचना–प्रविधि आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
  • ‘११ लाखमा पर्यटन स्याचुरेट’ उनका अनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) मा वार्षिक १०–११ लाख ‘पर्यटक श्रेणी’का आगन्तुक देखिए पनि त्यसमा ठूलो संख्या गैरआवासीय नेपाली र विभिन्न दूतावास तथा संस्था (एनजीओ–आइएनजीओ) मा कार्यरत विदेशीहरूको रहने भएकाले वास्तविक पर्यटक संख्या बढ्न नसकेको बताए ।

१७ मंसिर, पोखरा ।

गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले नेपालमा बढ्दो बेरोजगारी, सीमित पर्यटक आगमन र अन्तर्राष्ट्रिय उडान क्षमताको अभावलाई देशको प्रमुख चुनौतीका रूपमा प्रस्तुत गर्दै पर्यटन क्षेत्रलाई रुपान्तरण गर्न ‘इण्टरकन्टिनेन्टल फ्लाइट हब’ बनाउने रणनीति अघि सारेका छन् ।

मंगलबार पोखरामा आयोजित ‘पर्यटनमय पोखरा’ कार्यक्रममा बोल्दै बस्नेतले बेरोजगारीले देशमा असन्तुष्टि र सामाजिक समस्या बढाइरहेको उल्लेख गर्दै रोजगारी सिर्जनाका तीन मुख्य आधार—पर्यटन, कृषि र सूचना–प्रविधि आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

‘११ लाखमा पर्यटन स्याचुरेट’ उनका अनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) मा वार्षिक १०–११ लाख ‘पर्यटक श्रेणी’का आगन्तुक देखिए पनि त्यसमा ठूलो संख्या गैरआवासीय नेपाली र विभिन्न दूतावास तथा संस्था (एनजीओ–आइएनजीओ) मा कार्यरत विदेशीहरूको रहने भएकाले वास्तविक पर्यटक संख्या बढ्न नसकेको बताए । ‘देशको पर्यटक क्षमता ११ लाख वरिपरि थिंग्रिएको छ, अब यो मोड्न अन्तरमहादेशीय उडान अनिवार्य छ,’बस्नेतले भने भैरहवाबाट अन्तरमहादेशीय उडान सम्भव बस्नेतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) भौगोलिक र प्राविधिक हिसाबले वाइड–बडी जहाज उडानका लागि उपयुक्त रहेको दाबी गरे । एयरबसका प्राविधिकसँगको अध्ययन टेर्ड गर्दै उनले ब्३५०–१००० जस्ता ३६९ सिट क्षमताका जहाजले भैरहवाबाट टोरन्टो, न्युयोर्क, लस एन्जलससम्म सीधा उडान भर्न सक्ने स्पष्ट गरे ।

उनका अनुसार एक ब्३५० जहाजले वर्षमा करिब १ लाख यात्रु ओसारपसार गर्न सक्ने भएकाले भैरहवाबाट पाँच जहाज निरन्तर सञ्चालन गर्न सकिए वर्षमा ५ लाख नयाँ पर्यटक भित्र्याउन सकिने छ । ‘नेपाल एयरलाइन्स रूपान्तरण बिना सम्भव छैन’ बस्नेतले अन्तरमहादेशीय उडान विस्तारका लागि नेपाल वायुसेवा निगमलाई ‘पूर्ण रूपान्तरण’ गर्नुपर्ने आवश्यकता दोहो¥याए । अन्तर्राष्ट्रिय रूपमा जहाज खरिद १० प्रतिशत डिपोजिटमा ‘लिज–परचेज’ मोडेलबाट हुने भन्दै १८० मिलियन डलर मूल्य पर्ने जहाज नगद किन्ने पुरानो अभ्यास त्याग्नुपर्ने बताए । ‘इथोपियन एयरसँग १०० वटा ७८७ जहाज छन्, नेपालले वर्षमा पाँचवटा ब्३५० ल्याउन नसक्ने कारण छैन,’उनले भने ।

पोखरामा बैंककसम्म उडान सम्भव, ‘राजनीतिक इच्छाशक्ति चाहिन्छ’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे बोल्दै उनले एयरबस ३१९ (१४० सिट) जस्ता जहाजले बैंककसहित दक्षिण र दक्षिणपूर्व एसियाका प्रमुख गन्तव्यमा सीधी उडान भरिन सक्ने बताए । ‘प्राविधिक समस्या छैन, समस्या राजनीतिक इच्छाशक्ति हो,’उनले स्पष्ट पारे । पर्यटनमा ‘स्काई इज द लिमिट’ बस्नेतले व्यवस्थापन, मार्केटिंग, र योजना आधारित पर्यटन पूर्वाधार विस्तार गर्न सके नेपालले बाली जस्तै पर्यटक आकर्षित गर्न सक्ने बताए । ‘बालीले वर्षमा ७० लाख पर्यटक ल्याउँछ, नेपालका लागि २०–३० लाख ठूलो संख्या होइन,’उनले भने । उनले भैरहवा विमानस्थलको पूर्ण सदुपयोग नै नेपालको पर्यटन विस्तारको केन्द्रबिन्दु हुने दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस
गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस
मधेस प्रदेश : तीन महिनापछि प्रदेशसभाको दोस्रो अधिवेशन असोज २३ गते हुँदै
मधेस प्रदेश : तीन महिनापछि प्रदेशसभाको दोस्रो अधिवेशन असोज २३ गते हुँदै
जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशसहितको इजलासमा
रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशसहितको इजलासमा
विपद्‍बाट तीन महिनामा ९३ जनाको मृ*त्यु, २२ बेपत्ता
विपद्‍बाट तीन महिनामा ९३ जनाको मृ*त्यु, २२ बेपत्ता
‘एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्छ’
‘एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्छ’
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक
अमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक