त्रिशूली नदीमा बेपत्ता बस र यात्रुहरूको ४० किलोमिटर तलसम्म खोजी गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ३०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
त्रिशूली नदीमा बेपत्ता बस र यात्रुहरूको ४० किलोमिटर तलसम्म खोजी गरिने

सारांश

  • त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको घटनास्थलबाट ४० किलोमिटर तल गोलाघाटसम्म खोजी गरिने भएको छ ।
  • सशस्त्रको नं.
  • १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौजले घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्‍याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजीकार्यको लागि परिचालन भइसकेको छ ।

३० असारकाठमाडौं । त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको घटनास्थलबाट ४० किलोमिटर तल गोलाघाटसम्म खोजी गरिने भएको छ ।

सशस्त्रको नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौजले घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्‍याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजीकार्यको लागि परिचालन भइसकेको छ । अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरुको प्रयोग गर्दा समेत बेपत्ताहरुको खोजीकार्य गर्न असहज भएको छ । शनिबार बेपत्ता भएका बसमा सवार तीन जनाको शव फेला परेको थियो । तरबस अझै भेटिएका छैनन् । वर्षासँगै आएको बाढीले भरतपुर महानगरपालिका-२९ सिमलतालमा २८ गते बिहान वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको बस  बगाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा
लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण
‘कुलिङ अफ पिरियड’ छेडखानी समितिले सभामुखलाई बुझायो प्रतिवेदन
‘कुलिङ अफ पिरियड’ छेडखानी समितिले सभामुखलाई बुझायो प्रतिवेदन
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
न्यायाधीशमा सिफारिस पोखरेलविरुद्ध उजुरी: रविको पक्षमा वकालत गरेका व्यक्ति कसरी न्यायाधीश हुन सक्छन्?
न्यायाधीशमा सिफारिस पोखरेलविरुद्ध उजुरी: रविको पक्षमा वकालत गरेका व्यक्ति कसरी न्यायाधीश हुन सक्छन्?
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त
कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त