माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
५९ पटक हेरिएको
Shares
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सारांश

  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत कायस्थसहित लेखापाल रामबलम प्रसाद यादव र रौटहट एडभरटाइजिङ एजेन्सीका अध्यक्ष अजित कुमार कर्णविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
  • उनीहरूविरुद्ध २ लाख ५७ हजार  ९७० रुपैयाँको बिगो माग गरिएको छ।

२६ असोज, काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत कायस्थसहित लेखापाल रामबलम प्रसाद यादव र रौटहट एडभरटाइजिङ एजेन्सीका अध्यक्ष अजित कुमार कर्णविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध २ लाख ५७ हजार  ९७० रुपैयाँको बिगो माग गरिएको छ। माधव नारायण नगरपालिका वडा नम्बर ३ मा स्थित देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माणमा अनियमितता गरेको आरोपमा नित्तिम  प्रमुख प्रशासकीय अधिकृत कायस्थसहित तीनजनाविरुद्ध आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

भवन निर्माण कार्यका लागि बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी आपसी मिलोमतोमा निमित्त प्रमुखसहित तीनैजनाले गैरकानुनी लाभ लिएको पुष्टि भएको अख्तियारको ठहर छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन , २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिम कसुरमा कैद र सजायको माग दावी गरिएको आरोप पत्रमा उल्लेख  छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
संवैधानिक परिषद्को जटिलता फुकाउन परामर्श
संवैधानिक परिषद्को जटिलता फुकाउन परामर्श
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
जाजरकोट भूकम्पका ३ सय ८० भन्दा बढी परकम्प
जाजरकोट भूकम्पका ३ सय ८० भन्दा बढी परकम्प
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी
ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी