घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २, २०८१
|
|
४८ पटक हेरिएको
Shares
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सारांश

  • नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।
  • सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

२ मंसिर, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ