प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी हुने

सारांश

  • प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
  • आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।
  • सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ ।

८ असार, काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ । सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री

तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ । यस्तै, सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ । शनिबारसम्म प्रतिनिधि सभामा १० वटा मन्त्रालयगत बजेट माथिको छलफल सकिएको छ । यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अविरल वर्षाले धनगढी जलमग्न : विद्यालय बन्द, बाढीको जोखिम उच्च
अविरल वर्षाले धनगढी जलमग्न : विद्यालय बन्द, बाढीको जोखिम उच्च
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृ*त्यु, ४१ घाइते
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृ*त्यु, ४१ घाइते
आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
जबज केवल राजनीतिक सिद्धान्त मात्रै होइन : विद्यादेवी भण्डारी
जबज केवल राजनीतिक सिद्धान्त मात्रै होइन : विद्यादेवी भण्डारी
भीपीएन के हो ? जोखिम के छ ?
भीपीएन के हो ? जोखिम के छ ?
सर्लाहीमा माघ २३ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने
सर्लाहीमा माघ २३ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने
विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन
विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन
अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी
अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी
ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु
ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु