कटहरका रुख सुकेपछि किसान चिन्तित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ६, २०८१
|
|
३६ पटक हेरिएको
Shares
कटहरका रुख सुकेपछि किसान चिन्तित

सारांश

  • कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ ।
  • विगत चार वर्षदेखि कटहरका बोट सुक्न सुरु गरेको यहाँका किसानको भनाइ छ ।
  • यस अवधिमा करिब एक हजार २०० कटहरका बोट सुकिसकेको स्थानीय ज्ञानमणि नेपालले बताउनुभयो ।

काभ्रेपलाञ्चोक, ६ चैतः मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ ।

विगत चार वर्षदेखि कटहरका बोट सुक्न सुरु गरेको यहाँका किसानको भनाइ छ । यस अवधिमा करिब एक हजार २०० कटहरका बोट सुकिसकेको स्थानीय ज्ञानमणि नेपालले बताउनुभयो । “चार वर्षदेखि कटहरका रुख सुक्न थालेपछि यहाँका किसान निकै चिन्तित देखिएका छन्, किसानहरु अहिले उपचार खोजिरहेका छन्”, उहाँले भन्नुभयो ।

कटहर फल्ने मण्डनदेउपुरको ज्वानेटार, जोगीटार, कान्तिटार तथा माथिल्लो भेग श्रीचौर तथा ज्याम्दीलगायतमा रहेका सयौँको सङ्ख्यामा बोट सुकिसकेका छन् । यस भेगमा तरकारी खाद्यान्नसँगै कटहरलाई आम्दानीको गतिलो स्रोत मान्ने गरेका किसान अहिले निराश भएको नेपालको भनाइ छ । उहाँ भन्नुहुन्छ, “किन कटहरका रुख सुक्दै, मर्दै गए भन्नेमा किसान त अनविज्ञ छन् नै, कतैबाट सुक्नुका कारण पत्ता लागेको छैन, याममा एउटै बोटबाट रु १० हजारदेखि रु २५ हजारसम्म आम्दानी हुने गरेकोमा अहिले आम्दानी शून्य जस्तै भएको छ ।”

किसान पशुपति श्रेष्ठका बारी–कान्लामा केही वर्षअघिसम्म एक दर्जनभन्दा बढी कटहरका रुख थिए । जसमध्ये अहिले आठ वटा सुकिसकेको उहाँले बताउनुभयो । बर्सेनि रु ४० हजारको कटहर बेच्दै आउनुभएका उहाँले अहिले कटहर बेच्नै नपाउने अवस्थामा पुग्नुभएको छ । “अलिअलि फल्दैछन्, ती बाँकी बोट पनि कहिले सुक्ने हुन्, अब त रुख काटेर बाल्नुपर्ने अवस्था आउन थाल्यो”, श्रेष्ठले भन्नुभयो ।

एउटै बोटमा तीन सयदेखि चार सय वटासम्म कटहर फल्ने गरेकामा अहिले एक सय ५० वटा फल्म पनि मुस्किल हुन थालेको छ । कटहरका रुखमात्र सुक्न थालेपछि किसानहरु यसबारे अध्ययन हुनुपर्नेमा माग गर्दै आएका छन् ।

यस क्षेत्रमा करिब दुई हजारको हाराहारीमा कटहरका रुख छन् । यो कृषि–विज्ञका लागि चुनौतीको विषय बनेको चण्डेनीमण्डनका सामाजिक अगुवा अध्यक्ष हरिप्रसाद नेपालको बुझाइ छ । “कृषि विज्ञको टोलीले अनुसन्धान गरिरहेका छन्, रुखको जरामा ढुसी परेकाले सुकेको भन्ने प्रारम्भिक प्रतिवेदन आएको सुनिएको छ”, उहाँले भन्नुभयो ।

जिल्ला कृषि विकास कार्यालय धुलिखेलले गरेको अनुसन्धानले रुख कटहरको जरामै ढुसी–किराको प्रकोप देखिएको जनाएको छ । “तर यही रोग हो भनेर अझै प्रमाणित हुन भने सकेको छैन, थप अनुसन्धान हुन जरुरी देखिन्छ”, कृषि अधिकृत रमा कार्कीले भन्नुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ करोड ठगी मुद्दाका फरार उप्रेती पक्राउ
१२ करोड ठगी मुद्दाका फरार उप्रेती पक्राउ
मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट
मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट
मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण
मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण
प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध उजुरी आव्हान
प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध उजुरी आव्हान
सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध
विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध
मुटुको समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना 
मुटुको समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना 
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने