महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
२९ पटक हेरिएको
Shares
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु

सारांश

  • नेपाली तीर्थयात्री सवार स्कर्पियो शुक्रबार राति दुर्घटनामा परेको हो ।
  •  मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका–७ की लिलावती चौधरी र परसुराम चौधरी साथै सोहि नगरपालिका–५ की हरिहरदेवी रहेकी छन् ।
  • दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमिल्सिनाले जानकारी दिएका छन् ।

१० फागुन,  काठमाडौँ  भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरी फर्किनेक्रममा दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । नेपाली तीर्थयात्री सवार स्कर्पियो शुक्रबार राति दुर्घटनामा परेको हो । मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका–७ की लिलावती चौधरी र परसुराम चौधरी साथै सोहि नगरपालिका–५ की हरिहरदेवी रहेकी छन् ।

दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमिल्सिनाले जानकारी दिएका छन् । सप्तरी प्रहरीका अनुसार दुर्घटनामा कञ्चनरुपन नपा ७ का उपेन्द्र नारायण चौधरी, लालोदेवी यादव, वडा नम्बर ५ का जितु यादव, उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइका पपित लाल चौधरी र उनकी श्रीमती बिना देवी चौधरी घाइते छन् ।

उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा उक्त दुर्घटना भएको हो । ट्रयाक्टरको पछाडीको ट्रलीमा स्कारपियो ठोक्किएर दुर्घटना भएको हो । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ भने घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको दैनिक भास्करले उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याङ्जाको कृषक समूहले बेच्यो ८७ लाखको सुन्तला
स्याङ्जाको कृषक समूहले बेच्यो ८७ लाखको सुन्तला
देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौंमा
बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौंमा
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
उद्योगी-व्यवसायीहरूलाई हामी सहयोग गर्छौं : देउवा
उद्योगी-व्यवसायीहरूलाई हामी सहयोग गर्छौं : देउवा
आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
सहकारी प्रकरणमा रविको नाम राख्ने अडानबाट कांग्रेस ब्याक, व्यक्ति विशेषको नाम नलेख्न सहमत
सहकारी प्रकरणमा रविको नाम राख्ने अडानबाट कांग्रेस ब्याक, व्यक्ति विशेषको नाम नलेख्न सहमत
कञ्चनपुर कारागारमा तनाव, ८ जना घाइते
कञ्चनपुर कारागारमा तनाव, ८ जना घाइते